×

चितवन सेरोफेरो

सञ्चार क्षेत्रमा देखिएका समस्या मिलेर समाधान गरौं : अध्यक्ष आचार्य

सञ्चार क्षेत्रमा देखिएका समस्या  मिलेर समाधान गरौं : अध्यक्ष आचार्य
चितवन । कोरोना भाईरस कोभिड –१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको छ ।  नेपाल पत्रकार महासंघ चितवन शाखाले आज बिहीबार भरतपुरमा आयोजना गरेको ‘कोरोनाले मिडिया क्षेत्रमा पारेको प्रभाव” बिषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कोरोना कहरले सम्पूर्ण क्षेत्रमा प्रभाव पारेको बताउँदै त्यसबाट पत्रकारहरु पनि अछुतो नरहेको बताएका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनु भय...

आईसीयूमा उपचाररत बिरामीलाई देवघाट पुर्‍याएर दशदान वैतरणी गराइयो 

आईसीयूमा उपचाररत बिरामीलाई देवघाट पुर्‍याएर दशदान वैतरणी गराइयो 
सुवास पण्डित चितवन । चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ । सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं ८ कमाने निवासी ३४ वर्षीय दिनेश खतिवडालाई परिवारले उपचार गर्दागर्दै अस्पतालबाट निकालेर देवघाट लगेका हुन् । उनलाई देवघाटमा लगेर दशदान वैतरणीसमेत गरिएको खतिवडाको आफन्त ईश्वरी अधिकारीले जानकारी दिइन् । गएको कात्तिक १४ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका खतिव...

भरतपुरको लंकू स्थित रोयल बम्बो कटेजमा जुवा खेल्ने ८ जना पक्राउ

भरतपुरको लंकू स्थित रोयल बम्बो कटेजमा जुवा खेल्ने ८ जना पक्राउ
चितवन । चितवन प्रहरीले भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका लंकू स्थित रोयल बम्बो कटेजमा जुवातास खेलिरहेको अवस्थामा चितवन प्रहरीले तिनीहरुलाई जुवाखालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय चितवनका डीएसपी प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । प्रक्राउ पर्नेहरुमा चितवन रत्ननगर नगरपालिका–१ बस्ने मनोज तामाङ, भरतपुर महानगरपालिका–१५ बस्ने चिजु गुरूङ, अनु गुरूङ थापा, नविन गुरूङ, प्रजित ठकुरी, प्रकाश थापा मगर रहेका छन् । यस्तै भरतपुर म...

भरतपुरस्थित कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता

भरतपुरस्थित कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता
चितवन । चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै आएका गोरखा खोप्लाङ्का ७२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कात्तिक १४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रा...

चितवनका ३४ जना पत्रकारको सदस्यता नविकरण नहुने

चितवनका ३४ जना पत्रकारको सदस्यता नविकरण नहुने
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध रहेका ३४ जना सदस्यहरुको सदस्यता नविकरण नहुने भएको छ । सोमबार भरतपुरमा आफ्नै कार्यालयमा बसेको पत्रकार महासंघको बैठकले ती पत्रकारहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले शाखामा आवद्ध रहेका जना सदस्य मध्ये २०६ जनाको मात्रै नविकरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । महासंघको शुद्धीकरण अभियान अन्तर्गत पत्रकारिता पेशामा कृयाशिल नरहेका सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरि...

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क
भरतपुर।  चितवनको भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका संक्रमितको पुनः गरिने पीसीआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ। महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ। महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ। महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पीसीआर परीक्षण पनि महानगर आफैँले गर्ने निर्णय गरेको जानकारी ...

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित
चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्...

मदन भण्डारी फाउण्डेशन क्षेत्रीय समिति गठन, सबै पालिकामा गठनको तयारी

मदन भण्डारी फाउण्डेशन क्षेत्रीय समिति गठन, सबै पालिकामा गठनको तयारी
चितवन ।  मदन भण्डारी फाउण्डेशन चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति आज (शुक्रबार) गठन गरिएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । समितिको उपाध्यक्षहरुमा निर्मलकुमार श्रेष्ठ, सजना महतो, सीता भेटवाल, मुकुन्द दुवाडी र भरत भण्डारी रहनु भएको छ । सचिवमा गोमान सिंह लामा, कोषाध्यक्षमा नगेन्द्र उप्रेती र सहसचिवमा कारिराम चौधरी चयन हुनु भएको छ । सल्लाहकार समितिमा मुकुन्द दाहाल, च...

चितवनमा बसेको स्काउटरको भेलाद्वारा संघर्ष समिति गठन

चितवनमा बसेको स्काउटरको भेलाद्वारा संघर्ष समिति गठन
चितवन । चितवनको भरतपुरमा बसेको  स्काउटरको भेलाले शिवप्रसाद बरालको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेको छ । नेपाल स्काउटको वर्तमान कार्यशैली प्रति असहमति जनाउदै समिति गठन गरिएको छ। समितिले स्काउटमा भएको बिसङ्गति र विकृति माथि आवाज उठाउने र स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा गर्ने जनाइएको छ। समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश थापा, गोपी तामाङ, अशोक ढकाल, रामु पाण्डे, सू...