Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । चितवन प्रहरीले भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका लंकू स्थित रोयल बम्बो कटेजमा जुवातास खेलिरहेको अवस्थामा चितवन प्रहरीले तिनीहरुलाई जुवाखालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय चितवनका डीएसपी प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

प्रक्राउ पर्नेहरुमा चितवन रत्ननगर नगरपालिका–१ बस्ने मनोज तामाङ, भरतपुर महानगरपालिका–१५ बस्ने चिजु गुरूङ, अनु गुरूङ थापा, नविन गुरूङ, प्रजित ठकुरी, प्रकाश थापा मगर रहेका छन् । यस्तै भरतपुर महानगर–८ बस्ने लक्ष्मण गैरे र वडा नं १२ बस्ने वर्ष ३० को सुजन पौडेल रहेको चितवन प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटीएको टोलीले जुवा खेल्न प्रयोग भएको नगद एक लाख २१ हजार ४२५ सहित तास समेत बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरु उपर जुवा कसुरमा जिल्ला प्रशासन कार्यालय चितवनबाट प्रहरी हिरासतमा राख्न म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको समेत चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया