नेपाल स्काउटको वर्तमान कार्यशैली प्रति असहमति जनाउदै समिति गठन गरिएको छ। समितिले स्काउटमा भएको बिसङ्गति र विकृति माथि आवाज उठाउने र स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा गर्ने जनाइएको छ।
समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश थापा, गोपी तामाङ, अशोक ढकाल, रामु पाण्डे, सूर्य तिवारी, महेश सुवेदी, सिंहबहादुर कुँवर, लिलानाथ गौतम, संगिता पराजुली रहेका छन् ।
संघर्ष समितिले आइतबार जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । चितवनमा स्काउट प्रशिक्षण दिने ३ सय बढी स्काउटर छन् । ४ हजार बढी विद्यार्थी स्काउटमा आवद्ध छन् । ४ सय जना विद्यार्थी रोबर तथा रेञ्जर छन् । ८५ वटा ट्रुप र ६ वटा क्रियु रहेका छन् । सामुदायीक तथा संस्थागत विद्यालयमा स्काउटका गतिविधि हुदै आएका छन् ।