Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध रहेका ३४ जना सदस्यहरुको सदस्यता नविकरण नहुने भएको छ । सोमबार भरतपुरमा आफ्नै कार्यालयमा बसेको पत्रकार महासंघको बैठकले ती पत्रकारहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले शाखामा आवद्ध रहेका जना सदस्य मध्ये २०६ जनाको मात्रै नविकरण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

महासंघको शुद्धीकरण अभियान अन्तर्गत पत्रकारिता पेशामा कृयाशिल नरहेका सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो । शाखामा ६१ जना सदस्यहरु थप भएका छन ।

यसैविच नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा आगामी मंसिर २७ गते हुने भएको छ । शाखाको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।बैठकले साधारण सभा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको छ। साधारण सभामा उपस्थित भई भव्य रुपमा सफल पार्न सम्पूर्ण शाखा सदस्यहरुलाई महास‌घ‌ंले अनुराेध गरेको छ ।
नयाँ विधान अनुसार महासंघको अधिवेशन आगामी फागुन ३ गते हुने जनाईएको छ । जस अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको एकै पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन हुनेछ ।

कोरोना कहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव र चुनौतीको कसरी सामना गर्न सकिन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म आठ जना पत्रकारहरु संक्रमित भईसकेको, ती मध्ये केही संक्रमणमुक्त भईसक्नु भएको र केही होम आईसोलेसनमा रहनु भएको सो अवसरमा जानकारी दिईयो । बैठकले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

तपाईको प्रतिक्रिया