चितवन । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ११ का ४९ वर्षीय कोरोना संक्रमित पुरुषको आईतबार अपरान्ह मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ का ४९ वर्षीय पुरुषको आईतवार अपरान्ह साढे ४ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भै अस्पताल भर्ना भएका उनमा कार्तिक १६गते कोरोना पुष्टी भएको थियो ।कार्तिक २० गतेदेखि आईसीयूमा राखेर उपचारका सबै उपायहरु गरिएपनि उनलाई बचाउन नसकीएको अस्पतालले जनाएको छ ।