Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर। चितवन जिल्ला अदालत बार एसोेसिएसनको अध्यक्षमा अधिवक्ता रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) का डा. हरिहर पोख्रेल पराजित हुनुभयो । निर्वाचित अधिकारीले १ सय ७ मत ल्याउँदा पराजित पोख्रेलले ८० मत मात्रै ल्याउनुभयो ।

यस्तै एसोेसिएसनको उपाध्यक्षमा मुन्ना विक्रम खाती निर्वाचित हुनुभएको छ । डिएलएका उमेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गर्नुभएको हो । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सचिवमा पिएलएका उमेदवार बिनोद मिश्र विजयी हुनुभएको छ । उहाँका निकटतम मानिएका प्रतिसपर्धी डिएलएका श्रीराम दवाडी पराजित हुनुभयो । मिश्रले ९९ र दवाडीले ८२ मत ल्याउनुभयो ।

यसैगरी बार चितवनको कोषाध्यक्षमा बद्रीनाथ पण्डित सहसचिवमा शोभा भट्टराई निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिको म्याद २ बर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया