Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । पश्चिमी चितवनको ध्रुवघाटमा राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता भएकी छिन ।

स्थानीय दोभान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा मध्यान्ह करीब १२ बजे राप्ती नदीले बगाउँदा भरतपुर २४, ध्रुब बजार निवासी अन्दाजी बर्ष ४५की श्रीमाया घलानको मृत्यु भएको हो ।उनकाे शव घटनास्थलमा भेटिएको छ । सोही वडाबासी अन्दाजी बर्ष ५५ की मनकुमारी तामाङ वेपत्ता भएकी हुन ।

नेपाली सेना, जनपद प्रहरी, भरतपुर २४ वडा कार्यालय र सामुदायिक वनका प्रतिनिधीहरुले वेपत्ता भएकी तामाङको खोजी गरिरहेको हो ।

तपाईको प्रतिक्रिया