सुरेन्द्र पाण्डेमाथिको अभद्र व्यवहार खेदजनक : नेता नेपाल
चितवन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।
चितवनमा शनिबार भएको कार्यक्रममा नेता पाण्डेले बोलिरहेको समयमा आफ्नै कार्यकर्ता र त्यहाँका स्थानीयले अवरोध गरेका हुन् । राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला पाण्डेलाई अभद्र व्यवहार गरिएको हो ।
यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवह...


