चितवन । चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज ले देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएको छ । रेडियोले बुधबार २० औं वार्षीकउत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो ।
वार्षीकउत्सवको अवसमार सिनर्जी एफएममा कार्यरत कर्मचारीहरु आश्रम पुगेका थिए । आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै रेडियोलाई शुभकामना समेत दिएका थिए ।
लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रमको आफ्नै भव निर्माणको चरणमा छ ।
आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको उनले बताइन् । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमकी अध्यक्ष टण्डनले बताइन् ।
कार्यक्रममा सिनर्जी एफ.एममा स्टेशन म्यानेरले रेडियो मार्फत आश्रमलाई आवश्यक सहयोग गर्न आफुहरु सधै तयार रहेको समेत बताउनु भएको थियो । कोभिड विच भौतिक दुरु कायम गर्दै गरीएको उक्त कार्यक्रममा संचारीका समुह चितवनको अध्यक्ष अजिता अधिकारी , सिनर्जी एफ.एमका प्रोगम म्यानेजर मनोज घिमिरे, समचार प्रमुख जिवन रानाभाट र आश्रमको तर्फ बाट आश्रमकी अध्यक्ष सावित्री टण्डन महासचिव रामेश्वर खनाल , आश्रमकी बालिका काल्याणी लोककल्यणी ले मन्तव्य सहितको शुभकामना राख्नु भएको थियो ।