×

भरतपुर । ढलक प्रसाद बगाले आफ्नो ७८ औं जन्मउत्सव देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा मनाउनु भएको छ । आश्रममा आश्रित बालिकाहरूलाई खाना ख्वाएर उहाँले जन्मदिन मनाउनु भएको हो । उहाँ छोरा किशोर बगाले , श्रीमती जुना देवी वगाले सहित सपरिवार जन्म दिन मनाउन आश्रम पुग्नु भएको थियो । उहाँको छोरा किशोर बगाले जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव समेत हुनुहुन्छ ।
जन्मदिनलाई पश्चिमी शैलीअनुसार मनाउनुभन्दा नेपाली मौलिक संस्कृतिलाई जोड दिने उद्देश्यले आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएर जन्म दिन मनाएको उहाँ बताउनु हुन्छ । बुबा गोर्खा बस्नु हुन्छ, यस पटक चाडपर्वले पनि चितवन आएको समय मिल्यो दुई दशक देखि रत्ननगर १२ मा बस्दै आउनु भएका किशोर बगाले भन्नु भयो – सामाजिक कार्यमा समेत बुबाले चासो राख्नु हुन्छ त्यसैले पनि बुबाको जन्म दिनमा हामीले सहयोग गर्ने हेतुले आश्रममा मनायौँ । जन्मदिनको अवसरमा आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै शुभकामना दिएका थिए ।
उहाँले यस अघि छोरीको जन्मदिनसमेत यही मनाउनु भएको थियो । उहाँले आश्रममा आश्रीत बालिकाहरुलाई तीजको दरको व्यवस्था गर्नु भएको थियो । भने तिहारमा समेत दूध लगायत खाद्यन्न सहयोग गर्नुभएको थियो । आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्न तयार रहेको उहाँ बताउनु हुन्छ ।
लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमको अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रमको आफ्नै भव निर्माणको चरणमा छ ।
आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको उहाँले बताउनु भयो । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमकी अध्यक्ष टण्डन बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया