×

चितवन सेरोफेरो

प्रभात दिदी बहिनीको साधारण सभा सुरु

प्रभात दिदी बहिनीको साधारण सभा सुरु
चितवन । भरतपुर प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औ साधारण सभा सुरु गरेको छ । कोभीडका कारण बढी भिडभाड जम्मा नगरीकन कार्यक्रम गर्ने उदेश्यका शक्तिखोर सेवा केन्द्र मार्फत ईकाइ साधारण सभा सुरु गरेको प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले बताउनु भयो । उहाँले साधारण सभाका अवसरमा सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै,सहकारीका सदस्यहरुको राय सुझाव संकलन गर्ने काम गरीने बताउनु भयो । शक्तिख...

नारायणगढमा बस दुर्घटना

नारायणगढमा बस दुर्घटना
चितवन ।बाँकेको कोहलपुरबाट चितवनको सौराहा घुम्न आएका पर्यटक सवार बस आज बिहान नारायणगढको लायन्सचोकमा दुर्घटना भएको छ । बस अनियन्त्रित भई सडकबाट तल खसेको हो । उक्त दुर्घटनामा परी बसमा सवार १२ घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगञ्जबाट सौराहा आउँदै गरेको भे १ ख २८३६ नम्बरको बस भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोकमा दुर्घटना भएको हो । घाईतेहरुको उपचारका लागि भरतपुरका विभिन्न अस्पताल पठाईएको प्रहरीले जनाएको छ । उक्त बसले चार वटा बसलाई ठक्कर दिंदै दुर्...

चितवनमा सहकारीको निर्वाचन : एमाले- माओवादी गठबन्धन र कांग्रेस बीच चुनावी प्रतिस्पर्धा

चितवनमा सहकारीको निर्वाचन : एमाले- माओवादी गठबन्धन र कांग्रेस बीच चुनावी प्रतिस्पर्धा
चितवन । एमाले विरुद्ध मोर्चावन्दी गरेर केन्द्रमा पाँच दलको गठवन्धन वनेपनि चितवनको कालिका नगरपालिका- ६ स्थित खोलेसिमलमा रहेको सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न केन्द्रमा काग्रेस, एकिकृत समाजवादी, मधेशी दल एक ठाउँमा रहेपनि सो सहकारीको निर्वाचनमा भने एमाले र माओवादी केन्द्रले सहकार्य गरेका छन् । आगामी चुनावसम्म पाँच दलबीच गठवन्धन रहन सक्ने नेताहरुले वताएत...

राप्रपाका नेता बिक्रम पाण्डे एमालेमा प्रवेश गर्ने

राप्रपाका नेता बिक्रम पाण्डे एमालेमा  प्रवेश गर्ने
विकासप्रेमी नेताका रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेले पारिने परिवर्तन गर्दै नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । अघिल्लो चुनावमा चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् । एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका हुन् । शुक्रबार राति प्राइम टिभीबाट प्रसारण भएको ...

चितवनमा ३६ घण्टापछि बिजुली बल्यो

चितवनमा  ३६ घण्टापछि बिजुली बल्यो
चितवन  । चितवनको बसेनी सबस्टेशन चार्ज भएपछि भरतपुर क्षेत्रमा ३६ घण्टापछि बत्ती बलेको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले गएराति १ बजेदेखि भरतपुरको औद्योगिक क्षेत्र बाहेकमा विद्युत बल्न थालेको जानकारी दिए । एउटा ट्रान्सफरमर आज पोखराबाट ल्याइएको र त्यो जोडेपछि आज वा भोलिभित्र सबैतिर बिजुली बल्ने घिसिङले बताए ।सबस्टेशनबाट बिजुली सुचारु गराउन टाँडी, चनौली लगायत सबस्टेशनबाट ट्रान्सफरमर ल्याएर जडान गरिएको छ । काम छिटो सकाउन कुलमान चितवनमै गएका थिए । च...

दलित भन्दै प्रेम विवाह अस्विकारपछि सप्तगण्डकी क्याम्पसका विद्यार्थी प्रविनले गरे आत्महत्या

दलित भन्दै प्रेम विवाह अस्विकारपछि सप्तगण्डकी क्याम्पसका विद्यार्थी प्रविनले गरे आत्महत्या
चितवन । उपल्लो जातकी प्रेमिकालाई विवाह गर्न परिवारले नदिएपछि सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थी प्रविनप्रविन विश्वकर्माले आत्महत्या गरेका छन् ।सप्तगण्डकी क्याम्पसमा बीएड दोस्रो वर्ष पढ्ने प्रविनले गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाक स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । १४ गते आइतबार साँझ २० वर्षीय प्रविनले झुण्डिएर घरमा आत्महत्या गरेको अवस्थामा दिदीले देखेपछि पासो काटेर प्रहरीलाई खबर गरेकी थिइन् ।जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले प्रेम ...

केपि ओलीलाई बाँचुन्जेल साथ दिने छु : प्रभु शाह

केपि ओलीलाई बाँचुन्जेल साथ दिने छु : प्रभु शाह
चितवन –नेकपा एमालेका नेता प्रभु शाहले केपि शर्मा ओलीको साथ कहिले पनि नछाड्ने बताएका छन् ।आज सोमबार भरतपुर महानगर अधिवेशनमा बोल्दै प्रभु शाहले यस्तो बताएका हुन् ।उनले भने, ‘केपि ओली बाँचुन्जेल म उहाँलाई साथ दिने छु । उहाँभित्र मधेश छ । पहाड छ । हिमाल छ । किसान छ । सबै छ । उहाँको सपना देश बनाउने छ ।’ राष्ट्रियतालाई उचो दिने एउटा कुशल नेतृत्वको रुपमा केपि ओलीलाई आफूहरुले पाएको बताउँदै उनले उहाँको साथ कहिल्यै नछाड्ने बताए । यस्तै उनले प्रदेश दुईमा अब जनतालाई केपिमय बनाउने बताए...

किसानलाई राहत दिने पहिलो नगर बन्यो रत्ननगर,२ हजार किसानलाई ९० लाख वितरण गरिदै

किसानलाई राहत दिने पहिलो नगर बन्यो रत्ननगर,२ हजार किसानलाई ९० लाख वितरण गरिदै
चितवन । चितवनको रत्ननगर नगरपालिकाले बेमौसमी बर्षाबाट पीडित बनेका किसानहरुलाई राहत वितरण गरेको छ । नगरपालिकाका मेयर नारायण वनले किसानको खेतमै पुगेर घोषणा गरेको १० दिनमै नगरपालिकाले किसानलाई राहत वितरण गरेको हो । सम्भबत रत्ननगर धान पीडित किसानलाई राहत उपलब्ध गराउने नेपालमै पहिलो पालिका हो । असोज २९,३० र ३१ गते तीन दिन सम्म परेको बेमौसमी बर्षाले किसानको भित्र्याउने बेला भएको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको हो । नगरपालिकाको कार्यालयमा...

चित्तल मारेको भन्दै भिजन सप्लायर्सको गाडी वन कार्यालयको नियन्त्रणमा

चित्तल मारेको भन्दै भिजन सप्लायर्सको गाडी  वन कार्यालयको नियन्त्रणमा
भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौली जंगलमा चित्तल मार्ने एउटा बोलेरो गाडीलाई डिभिजन वन कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार सुरेशचन्द्र अधिकारीको व्यवसाय भिजन सप्लायर्सको नाममा रहेको बा १० च २७९४ नम्बरको बोलेरोले कार्तिक २ गते टिकौलीमा चित्तललाई ठक्कर दिएको थियो । दूध बोकेर टाँडीतर्फ जाँदै गरेको बोलेरोको ठक्करबाट करिब डेढ वर्षको भाले चित्तल मरेको थियो । अधिकारीको बसेनीमा दूध डेर...