×

चितवन –नेकपा एमालेका नेता प्रभु शाहले केपि शर्मा ओलीको साथ कहिले पनि नछाड्ने बताएका छन् ।आज सोमबार भरतपुर महानगर अधिवेशनमा बोल्दै प्रभु शाहले यस्तो बताएका हुन् ।उनले भने, ‘केपि ओली बाँचुन्जेल म उहाँलाई साथ दिने छु । उहाँभित्र मधेश छ । पहाड छ । हिमाल छ । किसान छ । सबै छ । उहाँको सपना देश बनाउने छ ।’

राष्ट्रियतालाई उचो दिने एउटा कुशल नेतृत्वको रुपमा केपि ओलीलाई आफूहरुले पाएको बताउँदै उनले उहाँको साथ कहिल्यै नछाड्ने बताए । यस्तै उनले प्रदेश दुईमा अब जनतालाई केपिमय बनाउने बताएका छन् ।उनले चितवन देशको केन्द्रभागमा रहेकाले यहाँ सबैको आँखा पुग्ने भएकाले यहाँको हरेक क्रियाकलापले देशलाई निर्देशित गर्ने भएकाले सबैलाई त्यहीअनुसार अघि बढ्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया