×

चितवन । उपल्लो जातकी प्रेमिकालाई विवाह गर्न परिवारले नदिएपछि सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थी प्रविनप्रविन विश्वकर्माले आत्महत्या गरेका छन् ।सप्तगण्डकी क्याम्पसमा बीएड दोस्रो वर्ष पढ्ने प्रविनले गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाक स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

१४ गते आइतबार साँझ २० वर्षीय प्रविनले झुण्डिएर घरमा आत्महत्या गरेको अवस्थामा दिदीले देखेपछि पासो काटेर प्रहरीलाई खबर गरेकी थिइन् ।जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले प्रेम सम्बन्धको कारणले उनले आत्महत्या गरेको भन्ने सुन्नमा आएको   जानकारी दिए ।

१४ गते राति ११ बजे प्रहरीलाई जानकारी भएपछि गोरखा जौबारीबाट प्रहरी टोली घटनाको अनुसन्धान गर्न बारपाक पुगेको थियो । जौबारी अस्पतालमा शवको पोस्टमार्टम हुन नसकेपछि गोरखा अस्पताल ल्याएर पोस्टमार्टम गरी सोमबार मृतकको दाहसंस्कार भएको छ ।

तपाईको प्रतिक्रिया