×

विकासप्रेमी नेताका रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेले पारिने परिवर्तन गर्दै नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।

अघिल्लो चुनावमा चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् ।

एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका हुन् । शुक्रबार राति प्राइम टिभीबाट प्रसारण भएको `जनता जान्न चाहन्छन्´ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

उनले पाण्डे एमाले प्रवेश गरे चितवनमा प्रचण्डविरुद्ध चुनाव लड्ने र जित्नेसमेत दाबी गरे । बस्नेतले पाण्डे कहिले एमालेमा प्रवेश गर्दैछन् ? भनेर मिति भने खुलाएनन् ।

पाण्डे नेपालको निर्माणसम्बन्धी अग्रणी कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक हुन् । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन् । पाण्डेको अगुवाइमा चितवनमा धेरै विकास भएको यहाँका जनताले बताउने गरेका छन् । यद्यपि पाण्डे स्वयमले भने एमालेमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक रुपमा कतै केही बोलेका छैनन् ।

उनको  निकटतम स्रोतले समेत पाण्डे  एमालेमा प्रवेश गर्ने कुरा सत्य भएको स्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया