×

चितवन । एमाले विरुद्ध मोर्चावन्दी गरेर केन्द्रमा पाँच दलको गठवन्धन वनेपनि चितवनको कालिका नगरपालिका- ६ स्थित खोलेसिमलमा रहेको सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न केन्द्रमा काग्रेस, एकिकृत समाजवादी, मधेशी दल एक ठाउँमा रहेपनि सो सहकारीको निर्वाचनमा भने एमाले र माओवादी केन्द्रले सहकार्य गरेका छन् । आगामी चुनावसम्म पाँच दलबीच गठवन्धन रहन सक्ने नेताहरुले वताएता पनि सुरक्षित सहकारीको निर्वाचनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सहकारीको निर्वाचनमा एमाले र माओवादीको एउटा प्यानल छ भने कांग्रेसको अर्को प्यानल रहेको छ । एमाले माओवादी प्यानलबाट ओमप्रसाद लामिछाने अध्यक्षका उम्मेदवार रहेका छन । अध्यक्ष पदसहित ३ जना सदस्य र एक जना लेखा सदस्य माओवादीको भागमा छ भने वाँकी एमालेका उम्मेदवार रहेका छन ।

लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा दिपक लामिछाने, सचिवमा लालु प्रसाद दाहाल, कोषाध्यक्षमा कविता न्यौपानेले उम्मेदवारी दिएका छन । संचालक समिति सदस्यहरुमा गोमा आचार्य घिमिरे, खेमलाल अधिकारी, शिशिर सिंखडा, नरवहादुर जिसी,कृष्ण प्रसाद भट्ट, नन्द प्रसाद लामिछाने र मेघराज पन्तको उम्मेदवारी रहेको छ । लेखा सुपरिवेक्षण समिति संयोजकमा विष्णुमणि लामिछाने तथा सदस्यहरुमा होमप्रसाद भट्ट र वुद्धि बोम्जनले उम्मेदवारी दिएका छन।

कांग्रेस प्यानलबाट अध्यक्षमा हरिप्रसाद भण्डारीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा भिम प्रसाद खनाल, सचिवमा विद्याधर वास्तोला, कोषाध्यक्षमा जितेन्द्र वाग्ले तथा संचालक सदस्यमा विन्दा कुमारी खनाल, पुरुषोतम कडेंल, टंक वहादुर थापा, शर्मिला लामिछाने सिंखडा, जयलाल कडेंल, किशोर अधिकारी र गणेश प्रसाद रेग्मीले उम्मेदवारी दिएका छन् । सो समुहबाट लेखा सुपरिवेक्षण समिति संयोजकमा रामकृष्ण लम्साल तथा सदस्यहरुमा युवराज खतिवडा र कृष्णराज लामिछानेले उम्मेदवारी प्रस्तुत गरेका छन् । सुरक्षित वचत तथा ऋण सहकारी चितवनको पुरानो र ठुलो मध्येको एक सस्था हो । भोलि कार्तिक २५ गते हुने निर्वाचनमा १ हजार ६६७ जना शेयर सदस्यले मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया