निर्वाचनपछि नेकपा एमालेले नै देशको नेतृत्व गर्ने एमाले नेता बादलकाे दावी
चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले आगामी निर्वाचनपछि नेकपा एमालेले देशको पुनः नेतृत्व गर्ने दावी गर्नुभएको छ । नेकपा एमाले कालिका नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बादलले सत्तावाट विशेष कारणले प्रतिपक्षमा पुगेको नेकपा एमाले पार्टीलाई अबको निर्वाचनपछि फेरि देशको नेतृत्व गर्ने जिम्मवारी हुने दावी गर्नुभयो ।
कम्युनिष्ट पार्टीहरु फुट्नुको कारणबारे समिक्षा गर्दै सम्पन्न विधान महाधिवेशनवाट नेता कार्यकर्तादेखि आम मतदाता...


