×

चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नंं १ को अध्यक्षमा शुक्र कुमार श्रेष्ठ चयन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन्। आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिपक भन्डारी , सचिवमा केशब घिमिरे ,उपसचिवमा टिकादत्त भट्टराई र सरस्वती जिसि सहित ५१ सदस्यीय कमिटी गठन गरेको छ।

नेकपा एमाले को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तर (चितवनका ९८ वडा) अधिवेशन सम्पन्न भएका छन्। अधिवेसनले वडा न १ बाट पुरूष तर्फ प्रह्लाद प्रधान सहित ४ जना तथा महिलामा गीता श्रेष्ठ सहित ५ जना गरि जम्मा ९ जना महानगर प्रतिनिधि समेत छनौट गरेको छ।

नेकपा एमालेको महानगरपालिकास्तरको अधिवेशन यहि कार्तिक १३ गते हुनेछ भने आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा आयोजना हुँदै छ  ।

तपाईको प्रतिक्रिया