×

 

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै देखिने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुने बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थयकर्मी महासंघ चितवनले आज भरतपुरमा आयोजना गरेको “चितवनको स्वास्थ्य सरोकारमा क। प्रचण्ड” विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सुधार हुन थालेछ भन्ने देखिने गरी काम गर्ने बताउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै दाहालले भन्नुभयो “यो अन्तक्र्रियापछि ठोर रुपमा सरकारलाई तपाईहरुले दिएका सुझावहरु राख्ने र त्यसमा सुधारको प्रक्रिया शुरु गर्ने छु ।” उहाँले आफूहरुले देखेको सपना शिक्षा र स्वास्थ्यमा आम जनताको पहुँच भएको भन्दै भन्नुभयो “शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ भन्ने हो ।”

संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारको रुपमा परिभाषित गरिसकेपछि उच्चस्तरीय स्वास्थ्य सेवा आयोग बनाएर एउटा मास्टर प्लान बनाउनु पर्ने आवश्यकता रहेको दाहालको भनाई छ । यस विषयमा छलफल चलेको भए पनि ठोस रुपमा प्रगति नभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारी, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतम, नेपाल चिकित्सक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष डा। अनिलबिक्रम कार्की, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायण सिंह कुँवर, क्यान्सर अस्पतालका उपनिर्देशक डा।कृष्णसागर शर्मा, डा।मधु न्यौपाने, डा। आविस्कार चापागाई, बिना अधिकारी, कल्पना धमलालगायतले स्वास्थ्य क्षेत्रका समस्याबारेमा दाहाललाई अवगत गराउनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया