×

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “सांसदका रुपमा निर्बाचन लड्ने मेरो अन्तिम हुन सक्छ । चितवन छाड्दिन ।” उहाँले एमालेले १० औं महाधिबेशन चितवनमा गर्न लागेको बिषयमा आफुलाई बिजयी गराउन सुरुवात गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “एमालेले महाधिबेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको छ ।”

फरक प्रसंगमा उहाँले प्रधान न्यायाधिशमाथि महाअभियोग लगाउने विषयमा पाँच दलमा छलफल नभएको बताउनु भयो । उहाँले राज्यका अंगहरुले आफ्नो गरिमा कायम राख्नु पर्ने बताउँदै भन्नुभयो “गठवन्धनमा यस बिषयमा कुनै छलफल भएको छैन । हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ ।”

उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नु पर्ने बताउनुभयो । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराको चौतर्फी आलोचना भईरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने बिषयमासबै सर्तक हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सबै सर्तक हुन जरुरी छ । राज्यका प्रमुख अंगहरु आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नु पर्छ ।”

यस विषयमा सत्ता गठनबन्धनमा छलफल गरेर एक दुईदिनमानै उचित निस्कर्षमा पुग्ने उहाँको भनाई छ । हाल न्यायालयमा देखिएको विवाद एक दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा आफूले गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “न्यायालयमा जुन विवाद चलिरहेको छ । एक दुई दिनभित्र निष्कर्षमा पुग्छ भन्ने लाग्छ ।”

तपाईको प्रतिक्रिया