×

चितवन । भरतपुर चनौली सडक खण्डको कल्याणपुर चोकमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ विकास चोक निवासी ४६ वर्षिया शुलोचना ढकाल रहेकी छिन् ।

मंगलपुरबाट चौबीसकोठी तर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्करबाट घाईते ढकालको उपचारका क्रममा आज दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया