एमाले भरतपुर महानगर कमिटी अध्यक्षमा प्रह्लाद प्रधानको उम्मेद्वारी
चितवन । नेकपा एमालेको यहि कार्तिक ९ गते हुने स्थानीय तहको अधिवेशनमा भरतपुर महानगर अध्यक्षका लागि प्रह्लाद प्रधानले उम्मेद्वारी दिने आसय व्यक्त गरेका छन् ।
हाल राष्ट्रिय युवा संघ नेपालको पुनर्गठित केन्द्रीय कमिटी अन्तर्गत लेखा आयोगका उपप्रमुख स्थायी समिति सदस्य तथा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष रहेका प्रधानले २०५० सालदेखि अखिलबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका थिए।
विगतमा राष्ट्रिय युवा संघ नेपाल चितवनको अध्यक्ष, बुटवलमा सम्पन्न युवा संघको राष्ट्रिय सम्मे...


