×

चितवन । पत्रकारलाई दशैं खर्च मागेको आरोप लगाउने भरतपुरको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा। हरिशचन्द्र न्यौपानेले आफैले पत्रकारहरुलाई दसैं खर्च भन्दै नगद बाँडेको खुलेको छ । रात्रीकालीन भोजसहित खाममा नगद राखेर उनले पत्रकारलाई दसैँ खर्च उपलब्ध गराएका हुन् ।

गत साल असोज अन्तिम हप्तामा नयाँ पत्रिकामा ‘निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै’ शीर्षकको प्रकाशित समाचारका बारेमा ट्वीटरमा टिप्पणी गर्दै उनले लेखेका थिए ‘पत्रकारलाई दशैं लाग्यो होला ?

उनै डाक्टर न्यौपानेले यसपटक दसैँमा ५ हजार खाममा राखेर दिएका हुन् । यद्यपि उनले कुन-कुन सञ्चार माध्यमका पत्रकारलाई खाममा हालेर उक्त रकम रकम बाँडेका हुन् भन्ने कुरा खुलेको छैन। केहीको नाम र प्रमाण प्राप्त भएपनि स्वास्थ्य लाइभले त्यसलाई सार्वजनिक नगरी गोप्य राखेको छ ।स्वास्थ्य लाइभ बाट सभार 

तपाईको प्रतिक्रिया