चितवन । चितवनमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।आज आइतबार दिउसो भरतपुर– ७ को विकासको चोकमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाका अनुसार चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।

बसले ठक्कर दिएका बालकलाई उद्दार गरी भरतपुर अस्पताल लगिएको भए पनि अस्पतालले बालकलाई मृत घोषणा गरेको हो ।बालकको मामाघरकी हजुर आमा ४६ वर्षीय सुर्यकुमारी लामिछाने घटनापश्चात अचेत भएकी छिन् । उनको शरीरमा बाहिरी चोट नरहेको डिएसपी थापाले जानकारी दिए । बस चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया