×

चितवन । अन्तर्राष्ट्रिय पोलियो दिवसको अवसरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनलाई सम्मान गरिएको छ ।चितवन र नवलपुर जिल्लाका रोटरी क्लवहरुले संयुक्त रुपमा आइतबार आयोजना गरेको कार्यक्रममा एक्सपर्टलाई कदरपत्रले सम्मान गरिएको हो । पोलियो दिवसको अवसरमा आयोजित जनचेतनामुलक साइकल, मोटरसाइकल र कार र्‍यालीको समापन कार्यक्रमका प्रमुख अतिथि रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गर्भनर रविन्द्र पियाले एक्सपर्टका लेखा प्रमुख किरण पौडेललाई कदरपत्रले सम्मान गरेका थिए ।

‘पोलियो अन्त्य गरौं’ अभियानलाई सार्थक बनाउन आर्थिक, नैतिक, भौतिक र व्यवहारिक रुपमा योगदान पुर्‍याएकोमा उच्च सम्मान स्वरुप एक्सपर्टलाई कदरपत्रले सम्मान गरिएको रिजनल पोलियो कमिटीका चेयरपर्सन विपिन पोख्रेलले जानकारी दिए ।रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ रिजन ६ का क्लवहरु रोटरी क्लव अफ चितवन, रत्ननगर, नारायणगढ, नारायणी मिड–टाउन, भरतपुर, गैंडाकोट, कावासोती र पूर्वीचितवनले दुई दिनसम्म पोलियो जनचेतनामुलक साइकल र्‍यालीको आयोजना गरिएको थियो ।

उद्योग वाणिज्य संघ चितवनबाट शनिबार सुरु भएको र्‍याली आज आइतबार विहान उद्योग वाणिज्य संघकै सभाहलमा समापन गरिएको हो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पियाले पाकिस्तानलगायतका मुलुकमा अझै पनि पोलियो उन्मुलन भइनसकेको भन्दै नेपालमा अझै पनि सचेतना अपनाउनुपर्ने बताए । उनले फेरि नेपालमा पोलियो भित्रिए धेरै क्षति व्यहोर्नुपर्ने भन्दै अहिलेदेखि नै सचेतना अपनाउनु जरुरी रहेको औल्याए ।

रिजनल पोलियो कमिटीका चेयरपर्सन विपिन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा जोन ३० का एसिसटेन्ट गर्भनर नारायण प्रधान, को–चियर रोशन पियालगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रत्येक वर्ष अक्टोबर २४ मा मनाईने पोलियो दिवस आइतबार नेपालका विभिन्न ठाउँहरुमा विविध कार्यक्रमका साथ मनाईएको छ ।

तपाईको प्रतिक्रिया