×

चितवन सेरोफेरो

सामुदायिक विद्यालयमा मास्टरहरुकाे राजनीति,आजदेखि चितवनका विद्यालय एक साता बन्द गर्ने

सामुदायिक विद्यालयमा मास्टरहरुकाे राजनीति,आजदेखि चितवनका विद्यालय एक साता बन्द गर्ने
चितवन–नेपाल विद्यालय कर्मचारी परिषद् चितवनले आजदेखि चितवनका सामुदायिक विद्यालय एक सातासम्म बन्द गर्न निर्देशन दिएको छ । परिषद्ले नेपाल शिक्षक महासंघ तथा आबद्ध घटक संस्थाहरुलाई विज्ञप्ति मार्फत परिषद्को आन्दोलनको कार्यक्रम अन्तर्गत एक साता विद्यालय बन्द गर्न भनेको हो । तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै विद्यालय बन्द हुने भएको हो । परिषद्को चितवन शाखाले विज्ञप्ति जारी गर्दै देशभर नै आन्दोलनका कार्यक्रम घ...

चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए

चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए
भरतपुर । जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)  का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ । कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नामावली अद्यावधिक गर्न लागिएको हो । १३ गतेदेखि १५ गतेसम्म मतदाता नमावलीमा रहेको त्रुटि सच्याउने, झुटा विवरण दिई नामावलीमा नाम दर्ता ...

सामुदायिक विद्यालयका शिक्षकलाई राजनीति नगर्न खैरहनी नगरपालिकाको आग्रह

सामुदायिक विद्यालयका शिक्षकलाई राजनीति नगर्न खैरहनी नगरपालिकाको आग्रह
चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएको छ ।नगरपालिकाका मेयर शशी कुमार खनियाले विज्ञप्ति नै जारी गर्दै अटेर गर्नेहरुलाई निलम्बन तथा कारबाही गर्ने चेतावनी दिएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा
काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।एमालेले शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठक गर्न लागेको हो। शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुनेछ। केन्द्रीय कमिटीका लागि बिहीबार पोलिटव्यूरो बैठकले विभिन्न ११ वटा एजेन्डा पनि तय गरेको छ।आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारी र आवश्यक रणनीतिबारे केन्द्रीय कमिटीमा छलफल हुनेछ। एमालेले सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धाु गर्ने तयारी गरेको छ।बैठकम...

चितवनकाे भरतपुरमा कार र अटो ठोक्किदा ८ जना घाइते

चितवनकाे भरतपुरमा कार र अटो ठोक्किदा ८ जना घाइते
चितवन ।  भरतपुर महानगरपालिका ५ विकास चोकमा कार र अटो आपसमा ठोक्किदा आठ जना घाइते भएका छन् ।बिहीबार दिउँसो बजे बिकासचोक भित्री सडकमा गीतानगरतर्फ आउँदै गरेको ग ३ च ३९२२ नम्बरको कार र विपरित दिशातर्फ जाँदै गरेको ना २ ह ४६५ नम्बरको अटो आपसमा ठोक्किएको हो । दुर्घटनामा परी अटोमा सवार ६ र कारमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा अटो चालक भरतपुर २१ पार्वतीपुरका ४० वर्षीय मनराज गुरुङ, अटोमा सवार रुपन्देही भैरहवाकी ३० वर्षीय बिमला गुर...

छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता

छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता
चितवन । भरतपुरमा जन्मिने छोरीका लागि निःशूल्क छोरी जीवन बीमा कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सौम्झौता–पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गर्नुभएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक महा...

चितवनका तीन संघिय छ प्रदेश क्षेत्रमा प्रमुख दलका यी हुन सम्भावित उम्मेदवारहरु

चितवनका तीन संघिय छ प्रदेश क्षेत्रमा प्रमुख दलका यी हुन सम्भावित उम्मेदवारहरु
चितवन । सङ्घ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि जिकिर गर्नेहरु बढ्दै गएका छन् । पार्टीभित्र गुट र उपगुटको नेतृत्व गरेकाले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य गर्न थालेका छन् । मुख्यरुपमा नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नेकपा समाजवादी र राप्रपाका उम्मेदवारका बिचमा यहाँ प्रतिस्पर्धा हुने भएको छ । यसअघि सङ्घमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए । तीन क्षेत्र र छ प्रदेशमा ती नै ...

पर्सा जिल्लाबाट चुनाव लड्न प्रचण्डलाई वनमन्त्री यादवकाे आग्रह

पर्सा जिल्लाबाट चुनाव लड्न प्रचण्डलाई वनमन्त्री यादवकाे आग्रह
अजित अधिकारी चितवन । बन तथा बाताबरण मन्त्री प्रदिप कुमार यादबले पर्सा जिल्लाले प्रचण्ड जस्तो राष्ट्रिय नेता कहिल्यै पाएन तर चितवनले पाएको भन्दै तारिफ गरेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डसंगै माडी  पुगेका  मन्त्री यादबले पुल उद्घाटन तथा शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।आफु मन्त्री भएको ४८ दिन हुँदा माडी २ पटक आएको बताए । उनले माडीको समस्याप्रति आँफु अन्त्यन्त चिन्तित रहेको र माडीबासी जनताले असल र राम्रो राष्ट्रिय नेता प्रचण्ड पाएकोप्रती खुशी व्यक्त गर्...

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरको “नेक कोलार” सिस्टम प्रभावकारी बन्दै

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरको “नेक कोलार” सिस्टम प्रभावकारी बन्दै
चितवन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम ( गाईको घाँटीमा बाधिने सेन्सर माला) प्रभावकारी बन्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो । अनुसन्धान कार्यक्रमको फार्ममा रहेका २०५ वटा गाई तथा वाच्छा वाच्छीहरु मध्ये २० वटा गाईमा नेक कोलार लगाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७८।७९ मा सुरु भएको...