चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएको छ ।नगरपालिकाका मेयर शशी कुमार खनियाले विज्ञप्ति नै जारी गर्दै अटेर गर्नेहरुलाई निलम्बन तथा कारबाही गर्ने चेतावनी दिएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।




उज्यालो खबर




