×

चितवन सेरोफेरो

देश लुट्ने साझा अभियानमा नेताहरु एक भएः पूर्वमन्त्री विक्रम पाण्डे

देश लुट्ने साझा अभियानमा नेताहरु एक भएः पूर्वमन्त्री विक्रम पाण्डे
चितवन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले देशलाई सिक्किमिकरण गर्ने षड्यन्त्र भैरहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको कार्यसमिति गठन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले सिद्धान्तहिन बनेका दलहरु विदेशीको इशारामा लागेको आरोप लगाउनुभएको छ । “अनेक बहाना बनाएर देशलाई सिक्किमिकरण गर्न छदमवेशमा नेताहरु लागेका छन्”, उहाँले भन्नुभयो, “कमजोर भएँ, प्रधानमन्त्री बनाइदिनु, मेरा मान्छेलाई मन्त्री, सा...

नारायणी नदीमा हाम फालेर खैरहनीकी २६ वर्षीया रिचा उप्रेती बेपत्ता

नारायणी नदीमा हाम फालेर खैरहनीकी २६ वर्षीया रिचा उप्रेती बेपत्ता
चितवन । नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । दिउसो पौने ३ वजे नदीमाथिको पुलबाट हाम फालेर वेपत्ता भएकी उप्रेतीको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । उर्लदो नारायणी नदीमा हराइरहेकी उनको प्रहरीको टोलीले खोजतलास गरिरहेको छ । उनले किन हाम फालिन भन्ने बारेमा हालसम्म केहि खुलेको छैन ...

चितवनका वैज्ञानिकले तराई र पहाडमा सुहाउने मकैको तीन नयाँ जात पत्ता लगाए

चितवनका वैज्ञानिकले तराई र पहाडमा सुहाउने मकैको तीन नयाँ जात पत्ता लगाए
चितवन  । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले एकै पटक मकैको तीन वटा नयाँ जात विकास गरेको छ ।करिब दश वर्षको अनुसन्धानपछि तराई र पहाडको हावापानी सुहाउँदो ‘रामपुर हाइब्रिड–१२, १४ र १६’ वर्णशंकर मकैको जात विकास गरेको हो ।परीक्षण पूरा गरेर राष्ट्रिय बीउ गुणस्तर केन्द्रमा सिफारिस गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले जानकारी दिए। यसका लागि बीउ गुणस्तर केन्द्रको बीउबिजन समन्वय समितिले पारित गरेपछि मन्त्रीपरिष...

तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लव नेकपाको माग, आज नेपाल बन्दको घोषणा

तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लव नेकपाको माग, आज नेपाल बन्दको घोषणा
चितवन–नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन केपी ओलीको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । सहमति कार्यान्वयन गर्नुको साटो उल्टै नेकपाका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । उनीहरुले नेकपासँगको सहमति कार्यान्वयनसँगै एमसिसी सम्झौता खारेज गर्नुपर्ने, बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र आफ्नो नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्धा खार...

भरतपुर महानगरका हाकिम फेरिए, मन्त्रालयबाट नारायण सापकोटा आउने

भरतपुर महानगरका हाकिम फेरिए, मन्त्रालयबाट नारायण सापकोटा आउने
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । भरतपुर महानगरमा कार्यरत सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समुह) मा पठाइको छ ।मन्त्रालयका अनुसार भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिक्ति समुहमा रहेका नारायण प्रसाद सापकोटा आउने भएका छ...

निकुञ्जको लापरवाहीले मासिए अर्ना, घडियाल पनि जोखिममा

निकुञ्जको लापरवाहीले मासिए अर्ना, घडियाल पनि जोखिममा
चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको लापर्वाहीका कारण वंश विस्तारका लागि ल्याइएका अर्ना चितवनमा मासिए । अर्ना मात्रै मासिएनन् विश्वकै दुर्लभ मानिने घडियाल कोहीको प्रजनन् केन्द्र कसरामा नै बाघ पसेर ४ गोही मार्यो । यी दुबै ठाउँका इन्क्लोजरको समयमा नै मर्मत सम्भार नगर्दा बाघ पसेर क्षति गर्यो । यसबाट निकुञ्जका अधिकारीहरुको गम्भीर हेलचेक्राइँ देखिएको त छ नै संरक्षित वन्यजन्तुका लागि गरिएको लाखौंको लगानी खेर पनि गएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना लोप भएको ५७ वर्षपछि...

भरतपुरमा मंगलबार ‘अष्ट्रेलिया उच्च शिक्षा मेला’ हुँदै

भरतपुरमा मंगलबार ‘अष्ट्रेलिया उच्च शिक्षा मेला’ हुँदै
चितवन–प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको आयोजनामा चितवनको भरतपुरमा मंगलबार ‘अष्ट्रेलिया उच्च शिक्षा मेला’ हुने भएको छ । भरतपुर गार्डेन रिसोर्टमा मंगलबार विहान १० देखि अपरान्ह ५ बजेसम्म मेला हुन लागेको हो । मेलामा अष्ट्रेलियामा रहेका ११ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई प्रत्यक्ष रुपमा परामर्श दिने प्रोफेशनल एजुकेशन कन्सलटेन्सी चितवनका प्रमुख सन्तोष खनालले जानकारी दिए । मेलामा धेरै भन्दा धेरै विद्यार्थी तथा अभिभावकको सहभागिता बढाउन प्रचार...

चितवनमा ‘एक्सपर्ट इन्फरमेशन सेसन २०२२’ हुने

चितवनमा ‘एक्सपर्ट इन्फरमेशन सेसन २०२२’ हुने
चितवन– चितवनमा ‘एक्सपर्ट इन्फरमेशन सेसन २०२२’ हुने भएको छ । यही भाद्र ५ गते आइतबार भरतपुर–१० स्थित, होटल रोयर सेन्चुरी पछाडी रहेको आफ्नै भवनमा इन्फरमेशन सेसन आयोजना हुन लागेको हो । यस कार्यक्रम विहान ११ देखि अपरान्ह ५ बजेसम्म संचालन हुने एक्सपर्ट एजुकेशन चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । यस कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र आयरल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा काठमाण्डौबा...

चितवनमा बोलेरोको ठक्करबाट बृद्धको मृत्यु, स्थानीयद्धारा राजमार्ग अवरुद्ध

चितवनमा बोलेरोको ठक्करबाट बृद्धको मृत्यु, स्थानीयद्धारा राजमार्ग अवरुद्ध
चितवन–पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका एक बृद्ध व्यक्तिको मृत्यु भएको छ । दिसा पिसाव गर्न पूर्व–पश्चिम राजमार्ग पार गरेर शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरको बोलेरोको ठक्करबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । बोलेरोको ठक्करबाट घाइते भएका मगरको उपचारका लागि भरत...