×

चितवन सेरोफेरो

चितवनमा ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवनमा ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
चितवन–चितवनको इच्छाकामनामा गाउँपालिका–४ कुरिनटारमा गएराती करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । काठमाडौँबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोहि दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि सवार पहिचान नखुलेको करिब २८ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । दु...

अखिल चितवनको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण माडीमा सुरु

अखिल चितवनको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण माडीमा सुरु
चितवन ।  चितवनकाे माडीमा अनेरास्ववियु जिल्ला कमिटी चितवनको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।अनेरास्ववियुको संगठन सुदृढीकरण तथा शुद्धिकरण १ महिने अभियान अन्तरर्गत कार्यक्रम आयोजना गरिएको जिल्ला कमिटी चितवनका संयोजक अमितकुमार गुप्ताले बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष उमेश आचार्य, उपाध्यक्ष निशा अधिकारी, महासचिव समिक बडाल, एमाले चितवनका सचिव प्रकाश खनाल (सैलेश) , नेकपा एमाले चितवन विद्यार्थी फाँट प्रमुख केशव आचार्य, माडी न...

चितवन प्रशासनले भन्यो : भड्किलो तीज मान्नेलाई कारबाही हुन्छ

चितवन प्रशासनले भन्यो : भड्किलो तीज मान्नेलाई कारबाही हुन्छ
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले महिलाहरुको पर्व हरितालिका तीज भड्किलो नबनाउन अनुरोध गरेको छ ।आज एक सूचना जारी गरी प्रशासनले परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिने बाहेक कुनै खर्चिलो र भड्किलो तीज नमनाउन सो अनुरोध गरेको हो । प्रशासनले सूचनामा सामाजिक सुधार ऐन र नियमावली–२०३३ अनुसार चितवनमा सुसंस्कार कायम गर्न राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्था, सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको छ । ऐन नियमको विपरित हुने गरी कसैले अना...

सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि गर्नेछु : प्रमुख प्रशासकीय अधिकृत लम्साल

सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि गर्नेछु : प्रमुख प्रशासकीय अधिकृत लम्साल
चितवन। राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यभार ग्रहण गर्नुभएकाे छ ।  साउन २६ गतेबाट हाजिर      गर्नुभएका  लम्सालले बुधबारबाट औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएकाे हाे । उहाँलाई राप्ती नगर प्रमुख शमशेर लामाले स्वागत गर्नुभयाे ।  स्वागत कार्यक्रममा बोल्दै लम्सालले मुख्यगरि आफूले तीनवटा कामलाई महत्वका साथ अगाडि बढाउने बताउनुभयाे । उहाँले  नीति निर्माणको कार्यलाई प्राथमिकता राख्ने बताउँदै नीति निर्माण संसोधन, नबनेको नीति निर्माणलाई अगाडि बढाउने पनि ...

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा
चितवन । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन् ।प्रवक्ता पाठकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको जानकारी गराएका हुन् ।उनी २०७७ साल पुस ७ गते पार्टीको केन्द्रीय समितिबाट प्रवक्तामा नियुक्त भएका थिए ।

जानकी माविमा इमेज इन्स्टिच्यूटको सहयोग, १०० विद्यार्थीलाई स्कुल ब्याग

जानकी माविमा इमेज इन्स्टिच्यूटको सहयोग, १०० विद्यार्थीलाई स्कुल ब्याग
चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले पश्चिम चितवनको मेघौलीमा अवस्थित श्री जानकी माध्यमिक विद्यालयका एकसय विद्यार्थीहरुका लागि झोला सहयोग गरेको छ ।स्थापनाको १६ वर्ष पूरा भै १७ औं वर्ष प्रवेशको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग उपलव्ध गराइएको हो । ईमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झोला सहयोग गरिएको बताउनुभयो । उहाँले जानकी माविमा चारवर्ष अघ...

बाघले खाएपछि चितवनमा बाह्रसिङ्गे र अर्ना सखाप

बाघले खाएपछि चितवनमा बाह्रसिङ्गे र अर्ना सखाप
नारायण अधिकारी चितवन ।  वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी तथा रोगले मरेर सकिएका छन्।२०७३ मा ल्याइएका १५ अर्ना र २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन्।निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर  निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो। तीसमेत सबै मरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाँकी रहेका तीन अर्ना सोमबार बाघले खाएपछि सबै सकिएका हुन्। पानी छिर्ने ठा...

चितवन राष्ट्रिय निकुञ्जमा बाघले तीन गोही खायो

चितवन राष्ट्रिय निकुञ्जमा बाघले तीन गोही खायो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए । बिहानको समयमा बाघले गोही खाएको हो । गोही खा...

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन
चितवन  । जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौँ नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् । सङ्घीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरिबाट र...