×

चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले पश्चिम चितवनको मेघौलीमा अवस्थित श्री जानकी माध्यमिक विद्यालयका एकसय विद्यार्थीहरुका लागि झोला सहयोग गरेको छ ।स्थापनाको १६ वर्ष पूरा भै १७ औं वर्ष प्रवेशको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग उपलव्ध गराइएको हो ।

ईमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झोला सहयोग गरिएको बताउनुभयो । उहाँले जानकी माविमा चारवर्ष अघि पनि शैक्षिक समाग्री वितरण गरिएकाे स्मरण गर्दै याे त्यसकै निरन्तरता भएकाे बताउनुभयाे ।

विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै ईमेजका निर्देशक सुजिना बुढाथोकीले इमेजले विगतका वर्षहरुमा जस्तै यसवर्षपनि सामाजिक क्षेत्रमा केहि न केहि सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । इमेज चितवनकै माटोमै जन्मेर १७ वर्षको तन्नेरी भएको भन्दै उहाँले सबैको साथ र विश्वासले इमेज एउटा ब्राण्डको रुपमा स्थापित भएको बताउनुभयो ।

जानकी माध्यामिक विद्यालयका प्रचार्य दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि इमेजका प्रबन्ध निर्देशक मोहन बुुढाथोकी र विशिष्ट अतिथि निर्देशक सुजिना बुढाथोकी रहनुभएको थियो । कार्यक्रममा इमेजका मेघौली शाखा प्रमुख बद्री पौडेल, मोहनीलाल पाण्डे, विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई सत्यत्थय परामर्श दिदै जापान पठाउँदै आएको इमेजका गोरखा , चनौली र  मेघौलीमा शाखा कार्यालय रहेका छन् । उचित परामर्श र उत्कृष्ट डकुमेन्टेसनका कारण इमेजले विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया