×

चितवन सेरोफेरो

श्रीकृष्ण प्रणामी मन्दिर संत्सङ्ग समितिमा इमेज ईन्स्टिच्यूटकाे सहयोग

श्रीकृष्ण प्रणामी मन्दिर संत्सङ्ग समितिमा इमेज ईन्स्टिच्यूटकाे सहयोग
चितवन । चितवनको नारायणगढमा रहेको इमेज ईन्स्टिच्यूटले भरतपुरको श्रीकृष्ण प्रणामी मन्दिर संत्सङ्ग समिति भरतपुर १२ गाेन्द्राङलाई १०० थान गिलास सहयोग गरेको छ ।सामाजिक उत्तरदायीत्व अन्तर्गत मन्दिरमै पुगेर इमेजले १०० थान गिलास सहयोग गरेको हो । ईन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकी र निर्देशक सुजिना बुढाथोकीले मन्दिरका गुरुलाई संयुक्त रुपमा गिलास हस्तान्तरण गर्नुभएको हो ।इमेजले यसअघि चितवन तनहुँ र नवलपुरको पवित्र तिर्थस्थल देवघाटधाममा एकहजार बोत्तल मिनिरल वाटर वितरण गरेको...

प्रचण्डसँग चुनाव लड्न तयारी गर्दै विक्रम पाण्डे, माडीमा घरदैलो सुरु

प्रचण्डसँग चुनाव लड्न तयारी गर्दै विक्रम पाण्डे, माडीमा  घरदैलो सुरु
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका छन् ।पार्टीको प्रशिक्षण तथा विचार गोष्ठीमा सहभागी हुन चितवन आएका राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत माडीका मतदातासँग भेटघाट गरेका हुन् । उनले निर्वाचनको बारेमा स्पष्टरुपमा केही नबोले पनि पार्टीका नेता, कार्यकर्ताहरु तथा शुभचिन्तकहरुसँग माडी क्षेत्रका समस्याबारे छलफल गरेको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जान...

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवमा ग्राहकलाई आकर्षक छुट

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवमा ग्राहकलाई आकर्षक छुट
चितवन । चितवनको भरतपुरस्थित अत्याधुनिक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सवका अवसरमा ग्राहकलाई आकर्षक छुटको व्यवस्था गर्ने भएको छ।सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको छ। वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने मलले जनाएको छ। वार्षिकोत्...

पूर्वी चितवनमा रिङरोड निर्माण कार्य सुरु,सुरेन्द्र पाण्डे निर्वाचित क्षेत्रका सबै पालिका समेटिने

पूर्वी चितवनमा रिङरोड निर्माण कार्य सुरु,सुरेन्द्र पाण्डे निर्वाचित क्षेत्रका सबै पालिका समेटिने
चितवन । निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत पूर्विचितवनमा रिङरोडको निर्माण कार्य सुरु भएको छ । चितवन क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने यो सडकखण्ड निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको हो । चितवनको पूर्वीक्षेत्रमा पर्ने लोथर, कठार, खैरहनी रत्ननगर, पिठुवा, चैनपुर क्षेत्र छुने गरी निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गतको सडकलाई रिंगरोडको रुपमा काम सुरु भएको हो । सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी शिव खन...

बोस्टन कलेजमा बिसिआइएस आइटी, बिबिए र बिबिए बिआई पढ्ने अवसर 

बोस्टन कलेजमा बिसिआइएस आइटी, बिबिए र बिबिए बिआई पढ्ने अवसर 
चितवन । चितवनकाे बोस्टन इन्टरनेशनल कलेजमा बिसिआइएस(आइटी) , बिबिए र बिबिए–बिआईमा भर्ना आह्वान भएकाे छ । पोखरा विश्वविद्यालय अन्तर्गतको बोस्टन कलेजले प्लस टु दिएका विद्यार्थीलाई लक्ष्ति गरी भर्ना खुलाएको हो । बोस्टन कलेजका एशोसिएट डिरेक्टर पुष्पराज अधिकारीका अनुसार अगस्ट १६ अर्थात साउन ३१ गते ११ बजे इन्ट्रान्स रहेको छ । बोस्टन एउटा उत्कृष्ट बिजनेश स्कुल भएको बताउँदै अधिकारीले बोस्टनमा भर्ना हुन विद्यार्थीहरुलाई आह्वान गर्नुभएकाे छ । भरतपुरको हाकिमचोकबाट शरदपुर जाने बाटोमा...

अचानोले हानेर चितवनको पार्वतीपुरमा श्रीमतीद्धारा श्रीमानको हत्या

अचानोले हानेर चितवनको पार्वतीपुरमा श्रीमतीद्धारा श्रीमानको हत्या
चितवन । चितवनमा आफ्नै श्रीमतीले अचानोले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुरमा ५६ वर्षीय टिकाराम विकलाई उनकी श्रीमती ५४ बर्षीया विनमाया विकले अचानोले टाउकोमा हान्दा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घरायशी विवादमा श्रीमान टिकारामलाइ श्रीमती विनमायाले टाउकोमा अचानोले होनी थिइन् । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

एक्सपर्ट एजुकेशनले १९ वर्षमा एक लाख जनालाई दियो परामर्श सेवा

एक्सपर्ट एजुकेशनले १९ वर्षमा एक लाख जनालाई दियो परामर्श सेवा
चितवन। नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा बढी शाखाबाट सो सेवा दिइएको हो ।उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श सेवा दिएर विदेशी कलेजसँग जोड्ने काम एक्सपर्टले गर्दै आएको छ । सर्भिसेसका निर्देशक सागर अर्यालका अनुसार एक्सपर्टले मुख्यरूपमा अष्ट्रेलिया, क्यानडा र बेला...

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
चितवन–जिल्ला प्रहरी कार्यालय चितवनले नगदसहित जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ । आज विहान ३ः४० बजेका समयमा भरतपुर–११ गणेशस्थान चोकस्थित सुदिप भण्डारीको घरमा जुवा खेल्दै गरेका १२ जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट ३२ थान कौडा, १ बुक तास र नगद ३ लाख ९ हजार ७६० रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर ११ बस्ने बर्ष २६ का सुमन भण्डारी, गोरखा भच्चेक–३ घर भएका वर्ष ३५ का बिष्णु बहादुर भण्डारी, भरतपुर ११ बस्ने वर्ष २६ का करण गुरुङ, भरतपुर २६ बस्न...

कबिलास बोर्डिङको बसले ठक्कर दिँदा देवघाटका ११ वर्षीय बालकको मृत्यु

कबिलास बोर्डिङको बसले ठक्कर दिँदा देवघाटका ११ वर्षीय बालकको मृत्यु
चितवन ।  कबिलास सामुदायिक बोर्डिङको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।साउन १७ गते देवघाट गाउँपालिमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका ११ वर्षीय रिभेज तामाङको आज उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भरतपुरको स्मल हेभेन मोडल स्कुलमा कक्षा ५ मा अध्ययनरत उनको मेडिकल कलेजको भेन्टिलेटरमा उपचार भइरहेको थियो । देवघाट गाउँपालिका–५ पिपलटारका स्थायी बासिन्दा आमा रिना तमाङ र बुवा सोमन तामाङका एकमात्र छोरा ११ वर्षीय रिभेज तामाङको निधनमा स्मल हेभेन मोडेल स्कुलले श...