चितवन । चितवनकाे बोस्टन इन्टरनेशनल कलेजमा बिसिआइएस(आइटी) , बिबिए र बिबिए–बिआईमा भर्ना आह्वान भएकाे छ । पोखरा विश्वविद्यालय अन्तर्गतको बोस्टन कलेजले प्लस टु दिएका विद्यार्थीलाई लक्ष्ति गरी भर्ना खुलाएको हो ।
बोस्टन कलेजका एशोसिएट डिरेक्टर पुष्पराज अधिकारीका अनुसार अगस्ट १६ अर्थात साउन ३१ गते ११ बजे इन्ट्रान्स रहेको छ । बोस्टन एउटा उत्कृष्ट बिजनेश स्कुल भएको बताउँदै अधिकारीले बोस्टनमा भर्ना हुन विद्यार्थीहरुलाई आह्वान गर्नुभएकाे छ ।
भरतपुरको हाकिमचोकबाट शरदपुर जाने बाटोमा अवस्थित बोस्टन इन्टरनेशनल कलेज व्यावसायिक क्षेत्रमा दक्षजनशक्ति उत्पादन गर्ने उत्कृष्ट कलेजका रुपमा चिनिन्छ । विद्यार्थीहरुलाई सैद्धान्तिकसँगसँगै प्रयोगात्मक तरिकाले सिकाउने कलेजको प्रवृत्तिले पनि विद्यार्थीहरु बोस्टनप्रति आकर्षित हुने गरेको पाइन्छ ।
व्यवसायिक उपायहरु सिकाउन बेलाबेलामा बोस्टन कलेजले विभिन्न सेमिनारहरु गर्दै आइरहेको छ ।नेपाली व्यवसायमा उपयुक्त हुने दक्ष जनशिक्त उत्पादन गर्ने आफूहरुको प्रमुख उद्देश्य रहेको अधिकारीले बताउनु भयाे ।



उज्यालो खबर




