×

चितवन सेरोफेरो

चितवनमा  महिला पासो लगाएको अवस्थामा मृत फेला, हत्या आशंका

चितवनमा  महिला पासो लगाएको अवस्थामा मृत फेला, हत्या आशंका
चितवन । चितवनको ज्यामिरेमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । पुर्विचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारी स्थित आफ्नै घरको कोठाभित्र घाटीमा पासो लगाएको अवस्था एक महिलाको शव फेला परेको छ । कोठाभित्र रहेको धराजको समाउने मुठीमा सलबाधी घाटीमा पासो लगाएको अवस्था ४२ वर्षिय लक्ष्मी मिजारको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । उनले आत्महत्या गरेको...

एक्सपर्ट एजुकेशन चितवनले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउने

एक्सपर्ट एजुकेशन चितवनले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउने
चितवन– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै १९औं वार्षिकोत्सव मनाउने भएको छ । एक्सपर्ट एजुकेशनले आज (आइतबार) एक प्रेस विज्ञप्ती जारी गर्दै सोमबार १९औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको जनाएको हो । पछिल्लो समय चितवनलगायत देशका विभिन्न ठाउँहरुमा रगत अभाव भइरहेका खबरहरु आइरहेका छन् । आफ्नो सेवासंगै समाजको सहयोगी भूमिका निर्वाह गरिरहेको एक्सर्ट यसपटक मानवीय सेवालाई प्राथमिकता राख्दै वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्र...

चितवनमा कोरोनाको कारणले एक पुरुषको मृत्यु

चितवनमा कोरोनाको कारणले एक पुरुषको मृत्यु
चितवन । चितवनमा कोरोनाको कारणले एक जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणले गम्भीर भएका उनको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको हो ।खैरहनी नगरपालिकाका स्थायी बासिन्दा मृतक ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले  जानकारी दिए । डा पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क हुन आग्रह गरे ।चितवनमा सक्रिय संक्रमितको संख्या ८३ पुगेको छ । जस...

चितवनमा सहज नभएको भन्दै प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

चितवनमा सहज नभएको भन्दै प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह
काठमाडौँ ।  मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ । खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् । २०६४ को संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० दुबै क्षेत्रबाट चुनाव जितेका उनी दोस्रो संविधानसभा–२०७० मा रोल्पा गएनन् । काठमाडौं १० मा पराजित भएका उनी सिराहा ५ मा निर्वाचित भएर सांसद बने । २०७...

भरतपुर अस्पतालमा स्टाफ नर्स लिखित परीक्षाको नतिजा सार्वजनिक (हेर्नुहाेस )

भरतपुर अस्पतालमा स्टाफ नर्स लिखित परीक्षाको नतिजा सार्वजनिक (हेर्नुहाेस )
चितवन । चितवनकाे भरतपुर अस्पतालले आज साँझ स्टाफनर्सकाे लिखित परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ ।  परीक्षा संयाेजक डा‍. रमेश भण्डारीले साउन २६ गते अन्तरवार्ताकाे मिति तय गरिने जानकारी दिनभुयाे । अन्तरवार्ताकाे लागि छनौट भएका उम्मेदवारहरु यी हुन् ।  

नारायणी नदीमा अलपत्र ‘पानी जहाज’ : बाहिर बोराको टालो, भित्र माकुराको जालो

नारायणी नदीमा अलपत्र ‘पानी जहाज’ : बाहिर बोराको टालो, भित्र माकुराको जालो
चितवन ।  चितवनको नारायणी नदीमा सञ्चालन गर्ने उद्देश्यले बनाइएको क्रुजसीप (सानो पानीजहाज)  अलपत्र अवस्थामा पुगेको छ । दुई वर्ष अगाडि नै सञ्चालनमा आउन लागेको भनिएको पानी जहाज अहिले बेवारिसे जस्तै बनेको छ । नदी किनारमा डोरीले बाँधेर राखिएको जहाजका सिसा फुटेपछि बाहिर बोराको टालोले छेकिएको छ भने जहाजभित्र माकुराको जालो लागेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण सुरुआत भएको थियो । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम...

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड विहान ८ वजेदेखि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा (मौरी खोला पुल नजिकै) पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । केराबारीमा बर्षातका कारण राति २ वजे खसेको लेदो सहितको पहिरो जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । बर्खाको समयमा सकेसम्म नारायणगढ– मुग्लिन सडकखण्डमा यात्रा नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खसेपछि  सडक अबरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खसेपछि  सडक अबरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड गयराती पहिरो खसेको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा (मौरी खोला पुल नजिकै) पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा बर्षातका कारण लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राती २ बजे खसेको पहिरो डिभिजन सडक कार्यालय भरतपुरसंग समन्वय गरेर पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।...

नारायणगढको शुभरात्री गेष्ट हाउसको तेस्रो तलाबाट खसेर एकजनाको मृत्यु

नारायणगढको शुभरात्री गेष्ट हाउसको तेस्रो तलाबाट खसेर एकजनाको मृत्यु
चितवन । चितवनको नारायणगढमा गेष्ट हाउसको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १ स्थित शुभरात्री गेष्ट हाउसको तेस्रो तलाबाट खसेर विरगंजका ४१ बर्षका कमलेस कुमार शाहको मृत्यु भएको हो । गएराति साढे १० वजे उनि गेष्ट हाउसको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।