चितवन– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै १९औं वार्षिकोत्सव मनाउने भएको छ ।
एक्सपर्ट एजुकेशनले आज (आइतबार) एक प्रेस विज्ञप्ती जारी गर्दै सोमबार १९औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको जनाएको हो । पछिल्लो समय चितवनलगायत देशका विभिन्न ठाउँहरुमा रगत अभाव भइरहेका खबरहरु आइरहेका छन् ।

आफ्नो सेवासंगै समाजको सहयोगी भूमिका निर्वाह गरिरहेको एक्सर्ट यसपटक मानवीय सेवालाई प्राथमिकता राख्दै वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रम भरतपुर–१०, एक्सपर्ट टावर (रोयल सेन्चुरी होटल पछाडी) आफ्नै भवनमा विहान ८ बजेबाट सुरु हुनेछ । एक्सपर्टले यस रक्तदान कार्यक्रममा सहभागि जनाई मानवीय सेवामा योगदान पुर्याउन सम्पूर्ण चितवनबासीहरुमा हार्दिक आह्वान समेत गर्दछौं ।

यस्तै एक्सपर्टले यसपटक पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै पुरस्कार स्थापना गरेको छ । १९ वर्ष पुरा भई २०औं वर्ष प्रवेशको अवसरमा एक्सपर्ट चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२२’ प्रदान गर्ने घोषणा गरेको छ । प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका क्रियाशिल पत्रकारहरु मध्य एक जनालाई पुरस्कार प्रदान गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

‘समाज परिवर्तनमा पत्रकारिता क्षेत्रको भूमिका अह्म छ, एक्सपर्ट एजुकेशनलाई यहाँसम्म ल्याई पुर्याउन पत्रकार र संचारमाध्यमको भूमिका निकै महत्वपूर्ण छ, यसैको मूल्यांकन गर्दै हामीले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२२’ घोषणा गर्न पाउँदा उत्साहित छौं’–निर्देशक अधिकारीले भने ।त्यस्तै वार्षिकोत्सवकै अवसरमा एक्सपर्ट सोमबार साँझ नै देवघाटस्थित वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम समेत राखेको छ ।

सन् २००३ अगष्ट ८ तारिखमा अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना भई संचालनमा आएको एक्सपर्ट एजुकेशन सोमबार अगष्ट ८ तारिखका दिन १९ वर्ष पुरागरि २०औं वर्षमा प्रवेश गर्दैछ । यस विशेष दिन नेपाललगायत विश्वका सबै शाखा कार्यालयहरुले विशेष रुपमा धुमधामका साथ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छन् ।

एक्सपर्ट एजुकेशनले नेपालका प्रमुख शहरहरुलगायत विश्वका १४ देशमा ५० भन्दा बढी शाखाहरुबाट सेवा संचालन गरिरहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया