चितवन । चितवनमा कोरोनाको कारणले एक जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणले गम्भीर भएका उनको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको हो ।खैरहनी नगरपालिकाका स्थायी बासिन्दा मृतक ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिए ।
डा पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क हुन आग्रह गरे ।चितवनमा सक्रिय संक्रमितको संख्या ८३ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा चार जना र घरमा ७९ जना रहेका छन् ।



उज्यालो खबर




