चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड विहान ८ वजेदेखि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा (मौरी खोला पुल नजिकै) पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

केराबारीमा बर्षातका कारण राति २ वजे खसेको लेदो सहितको पहिरो जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । बर्खाको समयमा सकेसम्म नारायणगढ– मुग्लिन सडकखण्डमा यात्रा नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया