×

चितवन । चितवनको नारायणगढमा रहेको इमेज ईन्स्टिच्यूटले भरतपुरको श्रीकृष्ण प्रणामी मन्दिर संत्सङ्ग समिति भरतपुर १२ गाेन्द्राङलाई १०० थान गिलास सहयोग गरेको छ ।सामाजिक उत्तरदायीत्व अन्तर्गत मन्दिरमै पुगेर इमेजले १०० थान गिलास सहयोग गरेको हो ।

ईन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकी र निर्देशक सुजिना बुढाथोकीले मन्दिरका गुरुलाई संयुक्त रुपमा गिलास हस्तान्तरण गर्नुभएको हो ।इमेजले यसअघि चितवन तनहुँ र नवलपुरको पवित्र तिर्थस्थल देवघाटधाममा एकहजार बोत्तल मिनिरल वाटर वितरण गरेको थियो ।

आजभन्दा १७ बर्षअघि चितवनकाे नारायणगढमा स्थापना भएकाे इमेजले उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएकाे छ । उचित परामर्शका कारण विद्यार्थीहरुमाझ इमेज ईन्स्टिच्यूटले लाेकप्रियता हाँसिल गर्न सफल भएकाे छ ।

तपाईको प्रतिक्रिया