चितवन। राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यभार ग्रहण गर्नुभएकाे छ । साउन २६ गतेबाट हाजिर गर्नुभएका लम्सालले बुधबारबाट औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएकाे हाे ।
उहाँलाई राप्ती नगर प्रमुख शमशेर लामाले स्वागत गर्नुभयाे । स्वागत कार्यक्रममा बोल्दै लम्सालले मुख्यगरि आफूले तीनवटा कामलाई महत्वका साथ अगाडि बढाउने बताउनुभयाे । उहाँले नीति निर्माणको कार्यलाई प्राथमिकता राख्ने बताउँदै नीति निर्माण संसोधन, नबनेको नीति निर्माणलाई अगाडि बढाउने पनि उहाँले जानकारी दिनुभयाे ।
उहाँले नगरले प्रदान गर्ने सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि गर्ने बताउनुभयाे । जनचाँसोका कामहरुलाई चुस्त रुपमा अगाडि बढाउदै सेवाग्राहीलाई कम भन्दा समयमा सेवा प्रदान गर्ने उहाँले बताउनुभयाे । “सेवा लिन उपस्थित हुनुभएको सेवाग्राहीहरुको प्रकियालाई छोट्याउने छु । धेरै समय लाग्ने कामहरुलाई छिटो र छरितो माध्यमबाट प्रवाह गर्नुमा मेरो जोड रहनेछ ।” उहाँले भन्नुभयाे ।
“अर्को प्राथमिकतामा योजनाको तर्जुमा, कार्यान्वयन तथा व्यवस्थापन रहेको छ ।” उहाँले भन्नुभयाे “गौरवको आयोजना पहिचान गर्ने र बहु बर्षीय आयोजनाहरु पहिचान तथा मुल्यांकन गर्ने काम गरिन्छ ।”समुहमा मिलेर अगाडि बढे राप्तीमा विकास निर्माण तथा सुशासनलाई व्यवस्थित गर्न सकिने पनि लम्सालले बताउनभएकाे छ ।



उज्यालो खबर




