
चितवन । नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
दिउसो पौने ३ वजे नदीमाथिको पुलबाट हाम फालेर वेपत्ता भएकी उप्रेतीको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । उर्लदो नारायणी नदीमा हराइरहेकी उनको प्रहरीको टोलीले खोजतलास गरिरहेको छ । उनले किन हाम फालिन भन्ने बारेमा हालसम्म केहि खुलेको छैन ।