
चितवन । भरतपुर महानगरपालिका ५ विकास चोकमा कार र अटो आपसमा ठोक्किदा आठ जना घाइते भएका छन् ।बिहीबार दिउँसो बजे बिकासचोक भित्री सडकमा गीतानगरतर्फ आउँदै गरेको ग ३ च ३९२२ नम्बरको कार र विपरित दिशातर्फ जाँदै गरेको ना २ ह ४६५ नम्बरको अटो आपसमा ठोक्किएको हो ।
दुर्घटनामा परी अटोमा सवार ६ र कारमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा अटो चालक भरतपुर २१ पार्वतीपुरका ४० वर्षीय मनराज गुरुङ, अटोमा सवार रुपन्देही भैरहवाकी ३० वर्षीय बिमला गुरुङ, नवलपुर देवचुली १४ कि १५ वर्षीया रमिता गुरुङ र सोही स्थानकी ६ वर्षीया सरुजा सिँजाली मध्यम घाइते भएका छन् ।
सोही स्थानका चार वर्षीय आयुष शाही र १४ वर्षीय सरोज सिँजाली मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ । यस्तै कारमा सवार कास्कीको पोखरा ४ कि ४५ वर्षीया सिता गुरुङ मध्यम र पोखरा १० कि ३४ वर्षीय शशी थापा सामान्य घाइते भएका छन् ।घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । कार चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।