×

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।एमालेले शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठक गर्न लागेको हो। शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुनेछ।

केन्द्रीय कमिटीका लागि बिहीबार पोलिटव्यूरो बैठकले विभिन्न ११ वटा एजेन्डा पनि तय गरेको छ।आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारी र आवश्यक रणनीतिबारे केन्द्रीय कमिटीमा छलफल हुनेछ।

एमालेले सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धाु गर्ने तयारी गरेको छ।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने तयारी पनि छ।

यस्तै गत वैशाखमा भएको स्थानीय चुनावबारे पनि समीक्षा गर्ने तयारी छ।पार्टी सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने र मनोनीत चार जना केन्द्रीय सदस्यलाई सपथ गराउने कार्यक्रम पनि तय भएको एमालेले जनाएको छ।

साथै केन्द्रीय कमिटीले आगामी चुनावका लागि उम्मेदवार छनौटका मापदण्ड पनि तय गर्ने तयारी गरेको छ।अध्यक्ष ओलीले यसपालि चुनावमा युवा र नयाँ व्यक्तिहरूलाई अवसर दिइनुपर्ने बताइरहेका छन्।

तपाईको प्रतिक्रिया