×

चितवन सेरोफेरो

प्रेस चौतारीको पत्रकार कल्याणकारी कोषमा तीन जनाको जन्मदिनमा २५ हजार संकलन

प्रेस चौतारीको पत्रकार कल्याणकारी कोषमा तीन जनाको जन्मदिनमा २५ हजार संकलन
चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका धमाधम सहयोग संकलन भएको छ । हालै जन्मदिन परेका तीन जनाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रतिमा सिलवालले पाँच हजार रुपैयाँ, जिल्ला अध्यक्ष सुवास पण्डितले १० हजार रुपैयाँ र वैदेशिक रोजगारीका लागि हाल जापानमा रहनु भएका मिलन पौडेलले १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । लामो समयसम्म चितवनमा बसेर पत्रकारिता गर्नुभएका पौडेल प्रेस चौतारी चितवनका सदस्य हुनुहु...

नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि खुल्याे 

नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि खुल्याे 
चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

नारायणगढ- मुग्लिन सडक खण्डकाे केराबारीमा पहिराे, सडक अवरूद्ध

नारायणगढ- मुग्लिन सडक खण्डकाे केराबारीमा पहिराे, सडक अवरूद्ध
काठमाडौं। वर्षाका कारण नारायणगढ -मुग्लिन सडक खण्ड  अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका- २९ स्थित केराबारीमा आज विहान साढे २ वजे पहिरो गएका कारण यातायात अवरुद्ध बनेको हो ।पहिराे हटाएर सडक खुलाउने प्रयास भैहरेकाे प्रहरीले जनाएकाे छ ।  

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने
चितवन ।  प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस बर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले दिएको जानकारी अनुसार पुरस्कार प्रदान गर्ने पत्रकार छनोट गर्न पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलक...

चितवन मेडिकल कलेजले १०० शय्याको क्यान्सर अस्पताल संचालन गर्दै, एकअर्ब बढीकाे उपकरण खरिद

चितवन मेडिकल कलेजले १०० शय्याको क्यान्सर अस्पताल संचालन गर्दै, एकअर्ब बढीकाे उपकरण खरिद
चितवन ।  भरतपुरको चितवन मेडिकल कलेजले १०० शय्याको क्यान्सर अस्पताल दसैँ अगाडि सञ्चालनमा ल्याउन एक अर्ब २७ करोडको उपकरण खरिद गरेको छ ।कलेजको मातहत रहने गरी दसैंअघि नै क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिएको अस्पतालका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा। हरिशचन्द्र न्यौपानेले जानकारी दिएका हुन् । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा। न्यौपानेले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको ...

सितोरियो कराँते संघ भरतपुरकाे अध्यक्षमा समाजसेवी राजन कार्की

सितोरियो कराँते संघ भरतपुरकाे अध्यक्षमा समाजसेवी राजन कार्की
चितवन ।  नेपाल सितोरियो कराँते संघ भरतपुर महानगरकाे अध्यक्षमा  समाजसेवी राजन कार्की चयन भएका छन् ।  कार्कीको अध्यक्षतामा गठित कराँते संघ भरतपुर नगर समिति महानगरको शैक्षिक प्रशासन महाशाखामा भदौ १२ गते दर्ता एवं सूचीकृत भएको हो । कराँते संघ भरतपुरको उपाध्यक्षमा ज्वालाकुमारी भण्डारी, सचिवमा छविरमण तिमिल्सिना र कोषाध्यक्षमा ईश्वरी कँडेल रहेका छन् । सदस्यहरुमा बौद्ध लामा, दुर्गा कुमाल, मानसिंह घर्ती, शैलेस थापा, प्रमिस तामाङ, सनोज गुरुङ र बुद्धलक्ष्मी तामाङ छन् । महानगरले खेल स...

प्रविधिकाे प्रयाेग गर्दै निर्वाचन मार्फत लिटल फ्लावर स्कुलमा क्याप्टेन छनौट ( तस्विर सहित )

प्रविधिकाे प्रयाेग गर्दै निर्वाचन मार्फत लिटल फ्लावर स्कुलमा क्याप्टेन छनौट  ( तस्विर सहित )
चितवन। चितवनको नारायणगढमा रहेको लिटल फ्लावर स्कुलले स्कुल क्याप्टेन छनौटका लागि नयाँ प्रविधिकाे प्रयाेग गर्दै  बिद्यार्थीहरु बीच मतदान नै गरेको छ । शैक्षिक शत्र २०७९ का लागि बिद्यालयले क्याप्टेन सहित विभिन्न पदको पदपूर्तीका लागि मंलगबार निर्वाचन सम्पन्न गरेको विद्यालयका प्राचार्य फादर रोवीले जानकारी दिनुभयो । निर्वाचनमा बिद्यालयका कक्षा ११  र १२ का १०९ जना बिद्यार्थीले मतदान गरेका थिए । बिद्यार्थीमा प्रजातान्त्रिक पद्धतीको विकास गराउदैं बिद्यालय शिक्षा हासिल गरिसकेपछि समेत...

देवघाटका वृद्ध बा–आमालाई दर खुवाएर प्रेस चौतारी चितवनले मनायो तीज

देवघाटका वृद्ध बा–आमालाई दर खुवाएर प्रेस चौतारी चितवनले मनायो तीज
चितवन ।  प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटमा रहेका वृद्ध बा–आमालाई दर खुवाएर तीज मनाएको छ। दर खाने अघिल्लो दिन आज बिहान देवघाट तनहुँको सरकारी वृद्धाश्रममा रहेका ३२ जना बा–आमालाई दर खुवाइएको हो। दर खुवाउने कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले घर परिवारबाट अनेक कारणले अलग भएर आश्रममा आएका वृद्ध बा(आमालाई नरमाइलो नलगोस् भनेर दर खुवाइएको बताए। वर्षेनी तीजका दिन प्रेस चौतारी चितवनले वृद्धाश्रममा गएर दर खुवाउने गर्दछ। कार्यक्रममा देवघाट क्षेत्र ...

पहिरोले नारायणगढ- मुग्लिन सडक खण्ड अबरुद्ध

पहिरोले नारायणगढ- मुग्लिन सडक खण्ड अबरुद्ध
चितवन – पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।प्रहरीका अनुसार आइतबार विहान अन्दाजी ६:४५ बजेको समयमा भरतपुर- २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि एकतर्फि बाटो अबरुद्ध भएको हो। बाटो खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ।