चितवन। चितवनको नारायणगढमा रहेको लिटल फ्लावर स्कुलले स्कुल क्याप्टेन छनौटका लागि नयाँ प्रविधिकाे प्रयाेग गर्दै बिद्यार्थीहरु बीच मतदान नै गरेको छ । शैक्षिक शत्र २०७९ का लागि बिद्यालयले क्याप्टेन सहित विभिन्न पदको पदपूर्तीका लागि मंलगबार निर्वाचन सम्पन्न गरेको विद्यालयका प्राचार्य फादर रोवीले जानकारी दिनुभयो ।
निर्वाचनमा बिद्यालयका कक्षा ११ र १२ का १०९ जना बिद्यार्थीले मतदान गरेका थिए । बिद्यार्थीमा प्रजातान्त्रिक पद्धतीको विकास गराउदैं बिद्यालय शिक्षा हासिल गरिसकेपछि समेत व्यबहारिक ज्ञान प्रदान गर्नका निमित्त बिद्यालयमा निर्वाचन मार्फत क्याप्टेनको छनौट गर्न निर्वाचनको आयोजना गरिएको उहाँले बताउनुभयो ।
विगतका वर्षहरुमा भन्दा विद्यालयलले यसपटक कम्प्युटर प्रणाली मार्फत निर्वाचन गराएको थियो । उमेदवारहरुको नामावलीलाइ कम्प्युटरमा प्रविष्टी गरि मतदाताहरुले आफुले चाहेको उमेदवारलाई मत दिएको विद्यालयका (कक्षा ११ र १२ का) विज्ञान संयोजक कृष्ण ढकालले जानकारी दिनुभयो ।
निवार्चनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्न स्कुलका शिक्षक जोमनको अध्यक्षतामा निर्वाचन समिती समेत गठन गरिएको थियो । त्यस्तै निर्वाचन प्रयोजनका लागि ब्यवस्थित मतदान स्थल र मतदान गरि सके पछि निर्वाचन सामग्री कसरी सुरक्षित रुपमा संकलन गर्ने भन्ने व्यवहारिक अभ्यास पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनमा मतदान पश्चात मंगलबार नै मतगणना समेत सम्पन्न गरिएको छ । जसमा क्याप्टेन तर्फत् दिपेन्द्र खड्का (१०९) मत सहित विजयी हुनुभएको छ । त्यसैगरी क्याप्टेन (महिला तर्फ) सुनामी अधिकारी (६८) मत सहित विजयी हुनुभएको विद्यालयले जनाएको छ ।
त्यसैगरी खेलकुदको क्याप्टेन र भाइस क्याप्टेनमा क्रमश प्रनयराज काफ्ले (५८) र विकल्प थापा (४५) मत सहित विजयी हुनभएको छ । विज्ञान तथा साँस्कृतिक कार्यक्रमको क्याप्टेन तर्फ आशुतोष पोखरेल (७४) र सुजल गुप्ता (४५) मत सहित विजयी हुनुभएको छ ।
निर्वाचन सम्पन्न गर्नको लागि शिक्षक देवेन्द्र चापागाई र विद्यार्थी समर्पण गुुग्ता सहितको प्राविधीक समुहले महत्वपुर्ण योगदान दिएको थियो । चितवनको उत्कृष्ट शैक्षिक संस्थाको छवि बनाएको लिटल फ्लावर स्कुलमा हाल २५ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।




उज्यालो खबर




