
अजित अधिकारी
चितवन । बन तथा बाताबरण मन्त्री प्रदिप कुमार यादबले पर्सा जिल्लाले प्रचण्ड जस्तो राष्ट्रिय नेता कहिल्यै पाएन तर चितवनले पाएको भन्दै तारिफ गरेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डसंगै माडी पुगेका मन्त्री यादबले पुल उद्घाटन तथा शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।आफु मन्त्री भएको ४८ दिन हुँदा माडी २ पटक आएको बताए । उनले माडीको समस्याप्रति आँफु अन्त्यन्त चिन्तित रहेको र माडीबासी जनताले असल र राम्रो राष्ट्रिय नेता प्रचण्ड पाएकोप्रती खुशी व्यक्त गर्दै माडीका जनता भाग्यमानी रहेको बताए ।
साथै उनले, आफुलाई बारम्बार प्रचण्डले बोलाएर माडीको समस्या अबगत गराउदै तत्काल ती समस्याको समाधानमा लाग्न जोड दिएको बताए ।उनले माडीको बिकासमा अबरोध गर्नेप्रती गहिरो कटाक्ष गर्दै, बेनामे उजुरी र हल्ला गर्दै सुप्रिम कोटले सडकको काम रोकेको प्रती आरोप लगाए ।उनी भन्छन् बिकास नहुनु प्रमुख कारण काम गर्न नदिने होहल्ला प्रचारबाजी र वकिलले बिवाद देखाएर मुद्दा हाल्ने अनि अदालतले पुर्ण पाठ नपढी निर्णय गर्ने प्रवृतिकाे असर रहेको बताए ।
पुल उद्घाटन तथा शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादबले खुलेरै प्रचण्डको तारिफ गरेका थिए । म सत्य बोल्न डराउदिन हाम्रो पार्टी फरक भएपनि बाटो एउटै रहेको बताउदै मन्त्री यादबले अब एकचोटी माडीको समग्र बिकासको लागि प्रचण्डलाई जिताउन माडीबासी जनता समक्ष आग्रह गरे । यदि यहाँहरुले राष्ट्रिय नेतालाई जिताउन चाहनुहुन्न भने म उहाँलाई पर्सा जिल्लाबाट चुनाव लड्न आग्रह गर्छु, बरु म उहाँका लागि आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार रहेको बताए ।
बन तथा बाताबरण मन्त्रालय भनेको ताली नभई गाली खाने मन्त्रालय भएको हुँदा काम गर्न त्यति धेरै सहज नभएको भएपनि आँफुले माडीको समस्या समाधान गर्न र निकुञ्जको द्वन्द्व समाधान गर्न र १५ दिन भित्र हात्ती र बाघ भगाउने यन्त्र उपलब्ध गराउने समेत उनको प्रतिबद्धता थियो । साथै उनले विद्युतको अवस्थालाई समेत स्मरण गर्दै, यसको लागि बैकल्पिक विद्युत जडानका लागि बाताबरणीय अध्यन गर्नुपर्ने निकुञ्जको नियम प्रती आपत्ति जनाए ।