
चितवन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम ( गाईको घाँटीमा बाधिने सेन्सर माला) प्रभावकारी बन्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो ।
अनुसन्धान कार्यक्रमको फार्ममा रहेका २०५ वटा गाई तथा वाच्छा वाच्छीहरु मध्ये २० वटा गाईमा नेक कोलार लगाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७८।७९ मा सुरु भएको नेक कोलार (गाईको घाँटीमा बाधिने सेन्सर माला) कार्यक्रमलाई निरन्तरता दिन यो वर्षपनि बजेट विनियोजन गरिएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।
नेक कोलार सिस्टमले फर्ममा रहेका गाईहरुको वास्तविक अवस्था के छ भनेर सजिलै पहिचान गर्न सकिन्छ, पौडेलले भन्नुभयो -” गाईको स्वास्थ्य अवस्था, खाना खाएको नखाएको, श्वास-प्रश्वासको अवस्था तथा गाई हिटमा आएको नआएको ” भन्ने लगायतका विभिन्न कुराहरु कम्प्युटरमै बसेर पत्ता लगाउन सकिने पद्धती हो । फार्म परिसरमा जडान गरिएको कन्ट्राेलरले गाईको घाँटीमा बाधिएको सेन्सरसँग समन्वय गरेर डाटालाई कम्प्युटर समक्ष ल्याउने काम गर्छ ।
गोठमा रहेका गाइको समग्र अवस्था के छ भनेर देशको जुनकुनै ठाउँमा रहेरपनि मोबाईल मार्फत हेर्न सकिने भन्दै उहाँले यसले गाईकै गोठमा बसीरहनुपर्ने झन्झटलाई हटाएको बताउनुभयो । कार्यालयमा रहँदा र कार्यालयको कामको शिलशिलामा जिल्ला बाहिर जाँदा समेत सोहि स्थानबाट गोठमा रहेका गाईको निगरानी गर्न मद्धत पुगेको पौडेलले बताउनुभयो ।पाैडेलका अनुसार यसले समय, श्रम र ज्यालाकाे समेत बचत भएकाे छ ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डेले नेक कोलार (गाईको घाँटीमा बाधिने सेन्सर माला) लगाउनु पूर्व गाईको विवरण कम्प्युटरमा प्रवृष्टि गरिने र त्यसकै आधारमा कम्प्युटर तथा मोबाइल एप्लीकेशन मार्फत गाईको निगरानी गरिने काम भैरहेको बताउनुुभयो । नेक कोलार इजरायल बाट भित्रिएको आधुनिक प्रविधी हो । यो सिस्टमलाई नेपालका केहि निजी फर्महरुले समेत प्रयोग गर्न सुरु गरेको उहाँले बताउनुभयो ।
ललितपुरको खुमलटारमा रहेको संयुक्त रुपमा रहेको गाईभैसी अनुसन्धान कार्यक्रम वि.स. २०७१ देखि अलग अलग भएको थियो । सोहि मितिदेखि राष्ट्रिय गाई अनुुसन्धान कार्यक्रम चितवनको रामपुरमा आएको थियो । चितवनको रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा हाल जर्सी, होलीसीटीन, लुलु, अछामी, र तराई प्रजातीका गाईहरु राखिएको छ ।
गाेठमा रहेका गाइकाे अवस्था हेर्दै राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्रमुख सागर पाैडेल