×

नवलपुर विशेष

नगरपालिकाकाे लापहरवाहीका कारण मृत्यु भएको भन्दै देवचुलीमा स्थानीयद्धारा तालाबन्दी

नगरपालिकाकाे लापहरवाहीका कारण मृत्यु भएको भन्दै देवचुलीमा स्थानीयद्धारा तालाबन्दी
नवलपुर । समयमै अस्पताल पुराउन नसक्दा कोरोना संक्रमितको मृत्युु भएका भन्दै पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा तालाबन्दी गरिएको छ ।देवचुली नगरपालिका वडा नं. १३ का ६८ वर्षीय पुरुषको सोमबार ट्याक्टरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । नगरवासी पिडाले छटपट्याउदा समेत नगरपालिकाले समयमै एम्वुलेन्स नपठाउदा उनको मृत्यु भएको आफन्त एवंम् स्थानीयहरुको दावी छ । मृतकलाई उचित क्षतिपूर्ति र नगरपालिकाले घटनाप्रति माफि माग्दै आगामी दिनमा यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाउनु पर्ने ...

बौदीकालीमा अक्सिजन सहितको कोरोना अस्थायी अस्पताल तयार

बौदीकालीमा अक्सिजन सहितको कोरोना अस्थायी अस्पताल तयार
फाईल तस्विर  सुस्मा न्यौपाने बौदीकाली । कोभिड १९ को संक्रमणको दर जिल्लामा बढ्दै गएपछि पूर्वि नवलपरासीको बौदीकाली गाउँपालिकाले कोरोनाबाट गाउँवासीलाई सुरक्षित राख्न आवश्यक तयारी पूरा गरेको छ । कोरोना भाईरस बाट बच्नका लागि गाउँपालिका कार्यालयले हालै ८ शैया क्षमताको अक्सिजन सहितको कोभिड अस्थायी अस्पताल निर्माण गरेको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकतृ प्रदिपचन्द्र सुवेदीले बताउनुभयो । कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित रुपमा गाउँवासीलाई राख्नको लागि आवश्यक उपकरण...

नवलपुरमा आज रातिदेखि १५ दिन निषेधाज्ञा लागु (के गर्न पाइने , के नपाइने ?)

नवलपुरमा आज रातिदेखि १५ दिन निषेधाज्ञा लागु (के गर्न पाइने , के नपाइने  ?)
गोविन्द घिमिरे  गैँडाकोट । नवलपुर जिल्लामा आज रातिदेखि (मंगलबार) निषेधाज्ञा लगाईने भएको छ । चितवन सँग सिमा जोडिएको नवलपुरमा एक्कसी संक्रमितको संख्या वढेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीमा बसेको जिल्ला स्तरीय विपत व्यवस्थापन समितीको बैठकले आज (मंगलबार)रातिदेखि जेठ ४ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो । लकडाउनमा के गर्न पाईन्छ ? के ...

देवचुलीमा एम्बुलेन्स नपाएपछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा कोरोना संक्रमितकाे बाटोमै मृत्यु

देवचुलीमा एम्बुलेन्स नपाएपछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा कोरोना संक्रमितकाे बाटोमै मृत्यु
नवलपुर । देवचुली-१३ का ६८ वर्षीय संक्रमितलाई उपचारका लागी अस्पताल लैजान एम्बुलेन्स नपाए पछि उनलाई ट्रयाक्टरमा अस्पताल लगिएको थियो । गत वैशाख १५ मा कोरोना संक्रमित भएका उनी होम आईसोलेसनमा रहेका र सोमबार दिउसो श्वासप्रश्वासमा समस्या आए पछि ट्रयाक्टरमा राखेर अस्थायी कोभिड अस्पताल पुर्‍याईएको र कोभिड अस्पताल हाता भित्र उनको ज्यान गएको देवचुलीको स्वास्थ्य शाखाले जनाएको छ । श्वासप्रश्वासमा समस्या आए पछि अक्सिजन दिएर एम्बुलेन्समा समयमै अस्पताल पुर्‍याउन नपाएको र एम्बुलेन्स नपा...

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान
काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते आज राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।वैशाख २३ गते बिहीबार राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने ...

भरतपुरमा एकै दिन चार जना संक्रमितको मृत्यु, १३ जना भेन्टिलेटरमा

भरतपुरमा एकै दिन चार जना संक्रमितको मृत्यु, १३ जना भेन्टिलेटरमा
चितवन । चितवनमा एकै दिन आज सोमबार चार जना कोरोना भाईरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज  मा तीन जना र कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) सिएमएस मा एक जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सिएमसीमा ९ जना र सिएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराईरहेका हुन् । यस्तै ६४ जना बिराामी आईसियूमा उपचाररत छन् । ती मध्ये सिएमसीमा ३६ जना, सिएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० ज...

संक्रमित बढेपछि भोलिराति देखि नवलपुरमा लकडाउन गरिने

संक्रमित बढेपछि भोलिराति देखि नवलपुरमा लकडाउन गरिने
सुस्मा न्यौपाने गैँडाकोट ।कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै भएपछि पूर्वि नवलपरासीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले भोलि रातिदेखि लागुहुने गरी निषेधाज्ञा गर्न लागेको हो । कोरोना संक्रमितको दर जिल्लामा तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लाभर नै लकडाउनको तयारी भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले उज्यालो खबरलाई बताईन । केहिवेरमा बस्ने बैठकले भोलिराति देखि लागुहुनेगरी लकडाउन गर्ने निर्णय गर्ने उनले बताईन । जिल्लावासी...

छाेरीकाे घर आएकी वृद्धाको कोरोनाका कारण मृत्यु

छाेरीकाे घर आएकी वृद्धाको कोरोनाका कारण मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीको कावासोतीमा ८३ वर्षीय कोरोना संक्रमित वृद्धाको आज विहान मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाँउपालिका स्थायी घर भई कावासोती नगरपालिका वडा नं. १६ स्थित छोरीको घरमा बस्दै आएकि वृद्धाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत ति वृद्धालाई आफन्तले घर नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा लगेर उपचार गर्ने भन्दै आज विहान चितवनबाट नवलपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मध्यविन्दु अस्पतालका कोरोना फ...

चितवनमा छैन अक्सिजनको अभाव, ठूला अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट

चितवनमा छैन अक्सिजनको अभाव, ठूला अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट
रासस चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा रहेका कारण अक्सिजन पर्याप्त रहेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आफ्नै अक्सिजन प्लान्ट रहेका छन् । ती अस्पतालले अहिले कोभिडको...