×

गैंडाकोट।  मौलाकालिका मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य शुरु भएको छ । केवलकार क्षेत्रमा पर्ने रुख कटान गरी कार्यको शुभारम्भ गरिएको हो ।

निजी क्षेत्रको ग्लोबल आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल र स्थानीयवासीको लगानीमा निर्माण हुने उक्त केवलकारले यहाँको धार्मिक पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । आज सोमबार विशेष पूजाआजा गरी केवलकार मार्गमा पर्ने रुख कटानको काम शुरु गरिएको नेपाल उधोग वाणिज्य महासंघ कार्यकारिणी सदस्य एवं जिल्ला उधोग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले  जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिका वडा नं. १ धारापानी टोलदेखि मन्दिर नजिक हेलिप्याडसम्म हुने केवलकारमा ६ वटा पिल्लर हुनेछन् ।

तपाईको प्रतिक्रिया