Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । लकडाउनको समयमा समेत जुवा खेल्ने ५ जना जुवाडे नवलपरासीको गैँडाकोटबाट जुवाडे पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले गैँडाकोट नगरपालिका वडा नं. १ स्थित एक्लेसालबाट उनिहरु पक्राउ परेको उज्यालोलाई जानकारी दियो ।

स्थानीय दुर्गा बहादुर मर्याङगीकाे को घरमा जुवा खेलिरेहका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटको टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी दुर्गाबहादुर सहित निसान मगर, रिम बहादुर थापा, यग्यौ मल्ल र बम सारु मगर रहेका छन् ।उनिहरु सबै गैँडाकोट १ का हुन ।

पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । जुवाडेहरुको साथबाट तीनबुक तास र १० हजार ६ सय ४० रुपैया नगद बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया