Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज सोमबार  विहान ३ बजे काठमाडौंको निदान हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्वरो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्वरो आएपनि अन्य समस्या थिएन, तर अकस्मात मृत्यु भएको दुःखद खबर आयो,उहाँले भन्नुभयो ।”

उहाँको एक महिना अघि मात्रै दिदीको मृत्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृत्यु भएको हो । दिदीको मृत्यु भएको चार दिनपछि आमाको पनि मृत्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृत्यु भएको आचार्यले बताउनुभयो । आमा र दिदीकोे भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

स्व।भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्यो । पुख्यौली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्रीमती र एक छोरा छन ।

तपाईको प्रतिक्रिया