×

नवलपुर विशेष

कावासोतीकी कोरोना संक्रमित महिलाको मृत्यु

कावासोतीकी कोरोना संक्रमित महिलाको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना भाईरस (कोभिड १९) का कारण थप एक महिलाको आज मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. २ निवासी ५७ बर्षीया महिलाको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको अस्पताल स्रोतले उज्यालाे खबरलाई  जनाएको छ । जेष्ठ ६ गतेदेखि अस्पतालको आईसीयूमा उपचारत उनमा जेष्ठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

लक्ष्मी हेल्प फाउन्डेसनद्धारा भिटामिनजन्य औषधी सहयाेग !

लक्ष्मी हेल्प फाउन्डेसनद्धारा भिटामिनजन्य औषधी सहयाेग !
गैंडाकोट । गैंडाकोटमा रहेको लक्ष्मी हेल्प फाउन्डेसनले कोभिड नियन्त्रण र रोगथाम गर्न मद्दत गर्ने भन्दै ६०० डोज रोग प्रतिरोधात्मक औषधिहरु गैंडाकोट नगरपालिकाका बिभिन्न वडाका वडाअध्यक्षहरुलाई हस्तान्तरण गरेको छ । औषधीहरु वडाका रोगी र विपन्न परिवारलाई बितरण गरिने  जनाईएको छ । लक्ष्मी फाउन्डेसन मार्फत उक्त परिमाणकाे  औषधी नगरपालिका भित्रका वडा नम्बर २, ३, ४ र ५ का वडा अध्यक्षहरुलाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण   गरेका हुन । उनिहरुले प्रत्येक वडालाई १५० डोजका दरले बितरण गरे...

वडा अध्यक्ष श्रेष्ठद्धारा मध्यविन्दु जिल्ला अस्पताललाई सहयाेग रकम हस्तान्तरण !

वडा अध्यक्ष श्रेष्ठद्धारा मध्यविन्दु जिल्ला अस्पताललाई सहयाेग रकम हस्तान्तरण !
नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालको अक्सिजन प्लान्टको क्षमता अभिबृद्धिमा सहयोग पुराउने उदेश्यले संकलित रकम आज हस्तान्तरण गरिएको छ ।कावासोती नगरपालिका वडा नं. १६ मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा जडित अक्सिजन प्लान्टको क्षमतावृद्धिका लागि कावासोती वडा नं. ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठको पहलमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन  डा‍. बिर बहादुर थापालाई वडा अध्यक्ष श्रेष्ठले २ लाख ४४ हजार ६६६ रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । ...

गैँडाकोटमा श्रीमानद्धारा श्रीमती र छोरीमाथि खुर्पा प्रहार

गैँडाकोटमा श्रीमानद्धारा श्रीमती र छोरीमाथि खुर्पा प्रहार
गैँडाकाट । पूर्वि नवलपरासीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बृटिसक्याम्पमा ६३ वर्षका हर्कबहादुर राईले ४७ वर्षीया श्रीमती धनकुमारी राई र १४ वर्षीया छोरी अनुष्का राईमाथी खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट घाईते भएका आमा छोरीको चितवन मेकिडल कलेज भरतपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताउनु भयो । खुर्पा प्रहार गर्ने हर्कबहादुर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गृह मन्त्रालयले जिल्लाका सिडियोहरुलाई भन्याे : घरबाहिर निस्कन नदिनू

गृह मन्त्रालयले जिल्लाका सिडियोहरुलाई भन्याे :  घरबाहिर निस्कन नदिनू
काठमाडौं । सरकारले निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ ।नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार गृह मन्त्रालयमा बोलाएर गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् । साथै, सचिवको निर्देशनपछि मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको छ ।गृहप्रवक्...

नवलपुरमा एकैदिन १२९ जनामा कोराेना पुष्टि, गैँडाकाेटमा १९ जना थप

नवलपुरमा एकैदिन १२९ जनामा कोराेना पुष्टि, गैँडाकाेटमा १९ जना थप
नवलपुर । नवलपुरमा आज  एकैदिन १ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२९ जना नयाँ कोरोना संक्रमित थपिदा ६७ जना निको भएका छन् । आज जिल्लामा नयाँ संक्रमित थपिनेमा गैंडाकोट नगरपालिका १९ जना, देवचुली नगरपालिकामा १५ जना, कावासोती नगरपालिकामा ४५ जना , मध्यविन्दु नगरपालिकामा २४ जना, विनयी त्रिबेणी गाउँपालिकामा १५ जना, हुप्सेकोट गाउँपालिकामा ३ जना, बौदिकाली गाउँपालिकामा ५ जना, र अन्य ३ जना गरि १२९ जनामा...

कावासोतीमा कोरोना संक्रमित बृद्धाको मृत्यु

कावासोतीमा कोरोना संक्रमित बृद्धाको मृत्यु
नवलपुर । नवलपुरमा कोरोना संक्रमणका कारण थप एक बृद्धाको आज मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ८ कि ८४ वर्षीया बृद्धाको आज दिउसो मध्यविन्दु जिल्ला अस्पतालमा ज्यान गएको हो । उनमा जेष्ठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
काठमाडौं । निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

गैँडाकोटमा थप १७ जनामा कोरोना पुष्टि

गैँडाकोटमा थप १७ जनामा कोरोना पुष्टि
सुस्मा न्याैपाने गैँडाकोट । गैँडाकोट नगरपालिकामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पीसीआर परिक्षणका क्रममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले गैडाकोट नगरपालिका वडा नं. ५ का २ जना , ६ का १ जना, १० का २ जना, ११ का ८ जना, १३ का २ जना र वडा नं. १४ का २ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुु भयो । जेष्ठ ३ गते गैँडाकोट नगर अस्पतालमा उनिहरुको स्वाब कलेक्सन गरिएको थियो । संक्रमण...