गैंडाकोट । गैंडाकोटमा रहेको लक्ष्मी हेल्प फाउन्डेसनले कोभिड नियन्त्रण र रोगथाम गर्न मद्दत गर्ने भन्दै ६०० डोज रोग प्रतिरोधात्मक औषधिहरु गैंडाकोट नगरपालिकाका बिभिन्न वडाका वडाअध्यक्षहरुलाई हस्तान्तरण गरेको छ । औषधीहरु वडाका रोगी र विपन्न परिवारलाई बितरण गरिने जनाईएको छ ।
लक्ष्मी फाउन्डेसन मार्फत उक्त परिमाणकाे औषधी नगरपालिका भित्रका वडा नम्बर २, ३, ४ र ५ का वडा अध्यक्षहरुलाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन । उनिहरुले प्रत्येक वडालाई १५० डोजका दरले बितरण गरेको समाजसेवी एवं फाउन्डेसनका सहयोगी शंकर आचार्यले बताउनुभयो । औषधीहरु वडाका रोगी र विपन्न परिवारलाई बाँडिने जनाईएको छ । आचार्यका अनुसार, रोगसँग लड्ने क्षमता बढाउन भिटामिन सी, भिटामिन डी थ्रि, र जिंक ट्यावलेट लगायतका रोग प्रतिरोधी औसधीहरु रहेका छन् । औषधीसँगै औषधी खाने तरिका र समय सहितको तालिका पनि बितरण गरेको आचार्यले बताउनुभयो ।
गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलले कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै उचित विकल्पका रुपमा भिटामिन युक्त औषधिलाई उपयुक्त मानिएको र आफ्नो वडाका अति बिपन्न र जेष्ठ नागरिकहरुलाई यो औषधि बितरण गरिने बताउदै लक्ष्मी फाउन्डेसनलाई धन्यवाद दिनुभयो ।
‘जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसले भाइरसलाई हराउने सम्भावना अधिक हुने गरेको जो कमजोर छ उसलाई भाइरसले धेरै गलाउन सक्ने र ज्यानै जाने जोखिम रहेकाले कोभिडबाट मात्र होइन, सबै खाले स्वास्थ्य समस्याबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु जरूरी रहेकोमा आफ्नो वडामा आएर यसरी प्रतिरोधात्मक औषधि बितरण गरेकोमा वडा नम्बर २ का अध्यक्ष धुर्वराम पौडेलले फाउन्डेसनलाई धन्यवाद दिनुभयो ।